अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–३ का ६५ वर्षीय धनबहादुर घर्तिलाई स्थानीय बेङ्दि खोलाले बगाउँदा मृत्यु भएको हो ।
निरन्तरको वर्षासँगै गएको पहिरोले मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
गए मध्यरातमा मालवहाक ट्रक त्रिशूलीमा खसेको छ । चितवन इच्छाकामना गाउँपालिका वडा नम्वर ३ स्थित मौवाखोला नजिक पृथ्वि राजमार्गवाट ट्रक त्रिशुलीमखसेको हो ।
धरानमा सडक कुकुरहरूलाई आश्रय स्थल निर्माण गरिएको छ । आश्रय स्थलको मंगलबार पूर्व युवराज पारश शाहका छोरी पूर्णिका राज्य लक्ष्मीदेवी शाहले उद्धघाटन गर्नुभयो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएको छ । पाथीभरा माताको दर्शनसँगै ध्यान गर्न चाहानेहरुलाई लक्षित गरी पाथीभरा क्षेत्र विकास समितिले ध्यान केन्द्र निर्माण गरेको हो ।
छुट्टा छुुट्टै दुुई स्थानमा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार भएको छ । सुुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धार गर्ने प्रयास गरेको भएपनि खराव मौसमको कारण हेलिकोप्टरले अवतरण गर्न नसकेपछि मंगलबार हुन नसकेको उद्धार कार्य बुधबार बिहानै भएको हो ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।
आज (बुधबार) मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ र मधेस प्रदेशमा मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
सिरहाको दुई निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुनेभएको छ । क्षेत्र २ र ३ मा पूर्वमन्त्रीहरू आमनेसामने चुनावमा उत्रेपछि कसले बाजी मार्ला भन्न अहिले हतार हुने भए पनि चुनावी प्रतिस्पर्धा भने रोचक हु्ने देखिएको छ । सिरहा–२ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेत्री तथा पूर्वशिक्षामन्त्री चित्रलेखा यादव र एमाले–जसपा तालमेलबाट पूर्व सूचना सञ्चार तथा सञ्चारमन्त्री राजकिशोर यादव चुनावी मैदानमा उत्रिनु भएको छ । यस क्षेत्रमा धनगडीमाई नगरपालिका, गोलबजार
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिन्धुली जिल्लामा ५० जना उम्मेदवारमध्ये महिला तीन जना मात्र छन्। जिल्लामा दुई प्रतिनिधि सभा सदस्यका लागि २४ जनाको उम्मेदवारी दर्ता हुँदा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै चार प्रदेश सभा सदस्यका लागि २६ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिदै छ । निर्वाचन नजिकिएसँगै धनकुटास्थित सामुदायीक भवन समेत धेरै ब्यस्त हुन्छ । किनकी निर्वाचनका सम्पूर्ण कार्यक्रम सहित मतगणना यही भवनमा हुने गरेको छ । मुख्य निर्वाचन अधिकृतका कार्यलय स्थापना भई निर्वाचनको सम्पूर्ण कार्यक्रम समेत यही सञ्चालन हुन थालिसकेको छ ।
सरिन पोखरेलको कथा र निर्देशनमा बनेको वेभ सिरिज ‘लभ नम्बर २२’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘ओटीटी प्लाटफर्म फोपी’मार्फत असोज ३० देखि रिलिज हुन लागेको यो सिरिजमा युवाहरूको कथा रहेको छ। ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुङ्गाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतका कलाकारको अभिनय छ।
हिन्दु धर्म, संस्कृति र पूर्वीय दर्शनका ज्ञाता, वरिष्ठ लेखक एवं आध्यात्मिक चिन्तक प्रा. चेतोनाथ शर्मा आचार्यले आफ्नो पाँच दशक लामो स्वाध्ययन, चिन्तन र प्राध्यापनबाट आर्जित ज्ञानलाई समेट्नुभएको ‘आत्मानुसन्धान’ नामक दार्शनिक पुस्तकको दोस्रो संस्करण प्रकाशनमा आएको छ।