• १६ भदौ २०८१, आइतबार

युवाहरूको कथा ‘लभ नम्बर २२’

blog

काठमाडौँ, असोज २६ गते । सरिन पोखरेलको कथा र निर्देशनमा बनेको वेभ सिरिज ‘लभ नम्बर २२’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘ओटीटी प्लाटफर्म फोपी’मार्फत असोज ३० देखि रिलिज हुन लागेको यो सिरिजमा युवाहरूको कथा रहेको छ।

ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुङ्गाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतका कलाकारको अभिनय छ।