• ११ असोज २०८१, शुक्रबार

धरानमा सडक कुकुरहरूलाई आश्रय स्थल निर्माण

blog

बेवारिसे कुकुर र बिरालोहरुकाे आश्रयस्थलको उद्धघाटन गर्दै पूर्व युवराज पारस शाहका छोरी पूर्णिका राज्य लक्ष्मीदेवी शाह । तस्बिर : गोरखापत्र

निशा राई 

धरान, असोज २६ गते । धरानमा सडक कुकुरहरूलाई आश्रयस्थल निर्माण गरिएको छ । आश्रयस्थलको मङ्गलबार पूर्व युवराज पारस शाहका छोरी पूर्णिका राज्य लक्ष्मीदेवी शाहले उद्घाटन गर्नुभयो । उद्धघाटनको अवसरमा शाहले  बेवारिसे जनावरहरुको लागी आत्मोत्सर्ग नेपालमा आबद्ध भएर उनीहरुको संरक्षणमा लागेको बताउनुभयो । 

उहाँले कुकुर बिरालोहरुकाे आश्रयस्थलको उद्धघाटन गर्दै आफू जनावरप्रेमी रहेको पनि बताउनुभयो । ‘‘कुकुरलाई सुरक्षाका लागि होस्  वा सोखको रुपमा पाल्ने चलन छ । अझ नेपालमा त कुकुरलाई पूजा गर्ने चलन पनि छ । तसर्थ उनीको सेवा गर्न म लागेको हुँ,’ शाहले भन्नुभयो । 

आकिनियामी धरानले कोरोना महामारीका कारणले बन्द भएपछि १३ जना युवायुवती मिलेर सडकका कुकुरलाई खाना खुवाउने अभियान शुरु गरेको अध्यक्ष रुसल श्रेष्ठले बताउनुभयो । सडक कुकुरहरूको उपचार र खानामा ध्यान दिंदै आएकोमा आत्मसर्ग नेपालको समन्वयमा कुकुरका लागि धरानको वडा नं.१९ जिमी चोकमा जग्गा भाडामा लिई आाश्रय स्थल निर्माण गरिएको र आगामी दिनमा ल्याब पनि सञ्चालनमा ल्याउने तयारी रहेको आकिनियामी धरानका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो  । 

मानिसहरूले बाँच्नको लागि जसरी आफ्नो अधिकारको प्रयोजन गरि रहेको हुन्छ त्यसरिनै सडकका कुकुरहरुको बाच्ने अधिकार सुनिश्चित र संरक्षण गरिनुपर्छ भन्ने उद्येश्यले सडक कुकुरहरुलाई खान सँगै उपचार बन्ध्याकरण, भ्याक्सिनलगायत सेवा दिने आश्रय स्थल निर्माण गर्ने उद्देश्यका साथ लागि परेको अकिनिमि धरानका सदस्य नवीन राईले बताउनुभयो । 

कुकुरसँगको सम्बन्ध जति नै पुरानो भए पनि हाम्रा गाउँघर, शहरहरुमा अधिकांश कुकुर, बिरालोहरु सडकमा र छाडा छोड्ने र जनावर भनी यातना दिने चलन छ । पछिल्लो समय भने शहरी घरहरूमा उन्नत जातका कुकुर पाल्ने प्रचलन बढे पनि दिसापिसाब गराउन भने सार्वजनिक बाटोमा नै लाने गरिएकाे छ । यसले समाजमा पर्न गएको असरबारे पनि जनचेतना मूलक कार्यक्रमहरु गर्ने आकिनियामी धरानका सदस्य राईले बताउनुभयो ।