उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क) बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक, प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघको क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र राजमोबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो ।
केही दिनदेखि परेको बेमौसमी झरीका कारण पाकेको धानबाली काट्न नपाउँदा किसानहरु चिन्तित बनेका छन्।रुपन्देहीका सैनामैना नगरपालिका, कन्चन, गैडहवा सियारी गाउँपालिका लगायत ठाउँमा छिटो पाक्ने धान पाकिसकेको छ । तर निरन्तर परिरहेको झरीका कारण किसानहरुले धान काट्न पाएका छैनन् ।
निर्देशन अनुसार बागी उम्मेदवारी फिर्ता लिनेलाई सत्ता गठबन्धनले धन्यवाद ज्ञापन गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा बुधबार दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रुपमा क्षति भएको हो।
सात दिनको अविरल बर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाँकेका बाढीपिडीतलाई डेंगु र मलेरियाको उच्च जोखिम रहेको छ ।
अभिनेता पल शाहको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।
गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु (चौधरी) को उम्मेदवारी रद्द भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरभित्र बसोबास गर्ने मोतियाबिन्दु भएका सबै नागरिकको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।
गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकामध्ये तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य पदका लागि एक जना र प्रदेश सभा सदस्यका लागि दुुई जनाले आफ्ना उम्दवारी फिर्ता लिनुुभएको हो ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. –२ (ख) मा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका नेता नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका–१ धरमपुर चौक बस्ने खगेन्द्रप्रसाद दाहाललाई पक्राउ गरेको हो ।
दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् ।
इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसद्ले बिहीबार उहाँको निर्वाचन गर्ने भएको हो ।