• ९ मंसिर २०८१, आइतबार

अर्घाखाँचीमा ४ जनाको उम्मेदवारी फिर्ता

blog

गणेश खनाल
अर्घाखाँची, असोज २६ गते । 
अर्घाखाँचीमा चार जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क) बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक, प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र सङ्घको क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र राजमोबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो ।

सङ्घ र प्रदेश गरी २९ जनाको उम्मेदवारी रहेकोमा अब चुनावी मैदानमा २५ जना रहनुभएको छ ।