ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैँको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दशैँ र तिहारको अवधिलार्ई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यस वर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ जना भक्तजनले पाथीभरा माताको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विगतमा झैँ यो वर्ष पनि दशैँको अवधिमा पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू नक्कली नागरिकताको सिफारिस, नक्कली नाता प्रमाणितमा संलग्न रहेको पाइएको छ। जिल्लामा नक्कली तथा दोहोरो नागरिकताका विषयमा भएका अनुसन्धानबाट वडाध्यक्षलगायतका जनप्रतिनिधि र वडा सचिवको संलग्नता रहेको पाइएको हो।
गुणस्तरहीन मर्मत, सवारी चाप र भारवहन क्षमताभन्दा बढीका सवारीसाधन चल्नाले बीपी राजमार्गको सडक खाल्टैखाल्टा भएको छ। चार महिनाअघि मर्मत गरी टालटुल पारिएको बीपी राजमार्ग फेरि उस्तै भएर भत्किएको छ। वर्षा अगाडि मर्मत भएको बीपी राजमार्गको नेपालथोक–धुलिखेल चौथो खण्डमा सबैभन्दा बढी खाल्टाखुल्टी छन्।
दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् । चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताउनुभयो ।
हिमाली क्षेत्र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा समस्यामा परेका पर्यटकहरूको उद्धार भइरहेको छ । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पदयात्रामा पर्यटक बीचबाटोमै अलपत्र परेका हुन् । पर्यटन व्यवसायीका अनुसार विभिन्न क्षेत्रमा गएका करिब दुई दर्जन पर्यटक सम्पर्कविहीन अवस्थामा छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको गरेको हो ।
सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ। कार्यकारी अध्यक्ष अधिकारीलाई हटाएर सरकारले दीपु ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी दिएको थियो। अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै ज्वारचनलाई महाप्रबन्धक तोक्ने सरकारको निर्णय कार्यान्वयनको कानुनी बाटो बन्द भएको छ भने अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन पनि रोकिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ। नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स (यूएई)को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो। परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे पत्राचार गरेको थियो।
प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् । खराब मौसमका कारण मनास्लुको आधार शिविरसहित विभिन्न क्याम्प पुगेका आरोही आरोहण पूरा नगरी फर्किन थालेका छन् । यस सिजनमा ४०४ जनाले आरोहण अनुमति लिएको मनास्लुमा झन्डै एक सय जतिले मात्रै आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।
नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेकोे छ।
काठमाडौं, असोज २५ गते। नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ। कांग्रेसले विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ। विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ।
एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आर्थिक विकास र समृद्विका लागि देशमा राजनीतिक स्थायीत्व आवश्यक रहेको बताउनुभएको छ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले संयुक्त रुपमा निर्वाचन परिचालन मूल समिति गठन गरेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा मधेस प्रदेशका दुवै टोली पराजित भएको छ । महिला तर्फको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ११–७ गोलले पराजित गरेको छ ।