रमेश लम्सालकाठमाडौं, २५ असोज (रासस)। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ। सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो।कार्यक्रम स्थलमा कुराकानी गर्दै व्यवसायी घलेले ऊर्जाको वैकल्पिक स्रोतको रूपमा हाइड्रोजनको प्रयोग संसारभर नै भइरहेको सन्दर्भमा आफूहरूले यसमा लगानी गर्न लागेको जानकारी दिनुभयो। उहाँका अनुसार लगानीका लागि हाल प्रारम्भिक चरणको काम भइरहेको छ। काठमाडौंको दरबारमार्गमा होटल शेराटन निर्माण गरिरहेको घलेको एमआइटी समूहले ऊर्जाका वैकल्पिक स्रोतका रूपमा प्रयोग हुन थालेको हाइड्रोजनका लगानी गर्नका लागि तत्काल नीतिगत अभाव भए पनि क्रमशः त्यसको परिपूर्ति हुने बताउनुभयो। संसारका दुई अर्ब मानिसका मानिसको स्रोतका रूपमा रहेको हिमाल पग्लन थालेको, हिमनदीमा त्यस्तै समस्या देखिएको भन्दै उहाँले सामाजिक दायित्वका साथ आफूहरू यस क्षेत्रमा लगानीका लागि आतुर रहेको बताउनुभयो। पछिल्ला दुई वर्ष कोरोनाका कारण संसारभर नै लकडाउनमा परेको बेला आफू र आफ्नो समूहले ऊर्जाको वैकल्पिक स्रोतमा लगानी गर्ने सोचको विकास गरेको जानकारी दिँदै व्यवसायी घलेले भन्नुभयो, “नेपाल ग्रीन हाइड्रोजनको हब बन्न सक्छ। त्यसका लागि आजैदेखि हामी सबैले पहल गरौँ।”नेपालमा क्रमशः ऊर्जाको उपलब्धतामा वृद्धि हुँदै गएको छ। औपचारिक रूपमा जलविद्युत् आयोजनाको कूल जडित क्षमता दुई हजार तीन सय मेगावाट बराबर पुगेको छ। वर्षायाममा भारतलाई तीन सय ६४ मेगावाट बिजुली बिक्री गरिएको भएपछि पछिल्ला दिनमा चाडबाडको समयमा झण्डै पाँच सय मेगावाट बराबरको बिजुली खेर गएको छ। बिजुलीको प्रयोग गरेर नेपालमा उपलब्ध हुने स्वच्छ पानीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई वैकल्पिक ऊर्जाको रूपमा विश्व बजारमा बिक्री गर्ने योजनाका साथ आफूहरू यसमा लागिपरेको उहाँको भनाइ छ। हाल अध्ययनको क्रममा नै रहेको उल्लेख गर्दै उहाँले हाइड्रोजनका अलावा एमोनिया र यूरिया पनि उत्पादन गर्न सकिने बताउनुभयो। कूल ऊर्जाका हिसाबले हाइड्रोजन उपयुक्त रहेको जानकारी आफूले विज्ञबाट पनि पाएको उहाँको भनाइ छ। नेपालका हिम शृङ्खला विश्वव्यापी जलवायु परिवर्तनको उच्च जोखिममा छन्। त्यहाँका हिमाल र हिमतालको हिउँ नै कोसी, गण्डकी, कर्णालीलगायत अन्य नदीको मुहान हुन्। यी नदीहरू नै गंगा नदीको तटमा बसोबास गरिरहेका ५० करोडभन्दा बढी मानिसले पिउने पानीको स्रोत बनिरहेको तर जलवायु परिवर्तनको असर स्वरूप निम्तिएको तापक्रम वृद्धिलगायत अन्य लक्षणका पहिलो प्रहार तिनै हिमालको हिउँ र हिमतालमाथि भइरहेको छ। गत वर्ष कोप–२६ मा सहभागी भएको नेपालले सन् २०४५ सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाएको छ। जलवायु परिवर्तनका कारण बढ्दो जोखिम, विश्वव्यापी रूपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने आवश्यकताजस्ता विविध समस्यामाथि नेपालले नेतृत्व गरेर समाधान दिन सक्ने अवसर पनि हाइड्रोजनबाट नै देखिन्छ। कार्बनडाइ अक्साइड तथा कार्बन मोनो अक्साइडजस्ता विषालु ग्यासको उत्सर्जन घटाउन पनि स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता छ। नेपालले सक्रिय रूपमा पर्यावरणीय समस्याको दीर्घकालीन समाधानका लागि नवीनतम उपाय पत्ता लगाउन सक्ने जानकारी दिँदै व्यवसायी घलेले सरकारबाट सक्रिय सहयोगको अपेक्षासमेत गर्नुभएको छ। हाइड्रोजनबाट एमोनिया हुँदै रासायनिक मल कारखाना खोल्ने गरी ‘पाइलट प्रोजेक्ट’ निर्माण गर्ने निष्कर्षमा सरकार समेत पुगेको छ। तर, घले अब पाइलट प्रोजेक्टको जरुरी नरहेको बताउनुहुन्छ। विश्व बैङ्क, एसियाली बैङ्कजस्ता बहुपक्षीय दातृ निकायको सहयोगमा नेपालमा छिट्टै ग्रीन हाइड्रोजन उत्पादनको काम सुरु गर्नुपर्ने उहाँको भनाइ छ। एक अध्ययनअनुसार आवश्यक नीतिगत व्यवस्था र अन्य पूर्वसर्त पूरा गर्ने हो भने नेपालमा तीन वर्षभित्रै वार्षिक दुई लाख मेट्रिक टन उत्पादन गर्न सम्भव रहेको काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक विराज सिंह थापाको भनाइ छ। वातावरणको संरक्षण र प्रवर्द्धनका दृष्टिले हाइड्रोजनको खपत यातायात र औद्योगिक क्षेत्रमा गराउन सक्दा जीवाश्म इन्धनको निर्भरतालाई कम गर्न सकिन्छ। अध्ययनहरूले ठूला पानी जहाज, लरी ट्रकहरू हाइड्रोजन मार्फत सञ्चालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने निष्कर्ष निकालिसकेका छन्। युरोपेली मुलुकमा त्यस्ता बस तथा ट्रकको निर्माण सुरु भइसकेको छ। विद्युत्को प्रयोग गरी पानीको विद्युतीय विच्छेदन (इलेक्ट्रोलाइसिस) बाट उत्पादित हरित हाइड्रोजनलाई ‘केमिकल फिडस्टक’को रूपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ। तर ग्रीन हाइड्रोजनको उत्पादनलागत ग्रीन हाइड्रोजनको तुलनामा धेरै छ। हरित हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी पाँच दशमबल पाँच अमेरिकी डलर रहेको छ भने ग्रीन हाइड्रोजनको उत्पादन लागत दुई अमेरिकी डलर रहेको छ। उत्पादनलागत घटाउन विद्युतीय विच्छेदनमा लागेको लागत र नवीकरणीय ऊर्जा उत्पादनमा लाग्ने लागत कम गर्नुपर्छ। अध्ययनअनुसार इलेक्ट्रोलाइजरको लागत एक हजार अमेरिकी डलर बराबर छ। कोभिड–१९का कारण सिर्जित माग आपूर्तिबीचको असन्तुलन र रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य आकासिएको सन्दर्भमा लगानीको उपयुक्त विकल्पका रूपमा हाइड्रोजन नै रहेको व्यवसायी घलेको भनाइ छ। नेपाल जनसम्पदाले भरिपूर्ण भएका कारण पनि जल विद्युत् उत्पादनको सम्भावना उच्च छ। जलविद्युत् उत्पादन बढ्दै गर्दा अरू देशको तुलनामा हरित हाइड्रोजन उत्पादन गर्दा उत्पादनलागत कम हुनेछ। काठमाडौँ विश्वविद्यालयको हाइड्रोजन ल्याबले गरेको अध्ययनअनुसार नेपालमा बढी भएको जलविद्युत् हरित हाइड्रोजन उत्पादनमा प्रयोग गर्ने हो भने उत्पादन खर्च दुई अमेरिकी डलरभन्दा कम पर्ने देखिन्छ। हाइड्रोजन अर्थतन्त्रको उदय हुँदै गर्दा नेपाल त्यसको हब बन्न सक्ने भएकाले विदेशी लगानीकर्ताको चासो समेत बढेको व्यवसायी घलेको भनाइ छ। उहाँले भारतको अडानी समूहले पनि ग्रीन हाइड्रोजनमा लगानी गर्न खोजेको र सो समूहसँग पनि सहकार्य हुन सक्ने जानकारी दिनुभयो।
सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच तेस्रो पटक प्रतिस्पर्धा हुनेभएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।
सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरभित्र अवस्थित छिन्नमस्तिका भगवतीलाई नयाँ मुकुट चढाइएको मन्दिर समितिले जनाएको छ । पौने एक तोला रहेको पुरानो मुकुटको कल्कीहरू झरिसकेकाले विगत पाँच वर्षदेखि भगवतीको मुकुट फेर्ने भनिए पनि समितिको निर्णय कुर्दै ढिला भएको थियो ।
निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले आफुलाई काठमाडौं र नवलपरासी लगायतका क्षेत्रबाट निर्वाचनमा उम्मेदवार हुन अनुरोध भए पनि आफुले गृह जिल्लाको क्षेत्र रोजेको बताउनु भएको छ ।
हिउँले लिमीको जग्गामा पाकेको उवा बालीमा क्षति पुर्याएको छ। नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको तील गाउँका स्थानीय टुन्जोक तामाङले जग्गामा पाकेर काटेर राखिएको बालीमा हिमपातले क्षति गरेको जानकारी दिनुभयो।
ओखलढुङ्गामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिनुभएपछि दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले जोड दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ ।
गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारविरुद्ध दाबी र विरोध गर्ने समय रहेको थियो ।
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
बाँकेमा लगातारको वर्षाका कारण राप्ती नदी आसपासका बस्ती सबैभन्दा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार बाढीबाट करिब नौ हजार घर परिवार प्रभावित भएका छन् ।