• १६ भदौ २०८१, आइतबार

गठबन्धनलाई सहयोग गर्न वरिष्ठ नेता पौडेलको आग्रह

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

अमरराज नहर्की

तनहुँ, असोज २५ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस तनहुँको कार्यालयमा सोमबार बसेको गठबन्धनका दलका नेताको छलफल तथा सुझाव कार्यक्रममा नेता पौडेलले सो आग्रह गर्नु भएको हो। 

संविधानको रक्षा र समृद्धिको लागि गठबन्धनको जरुरी परेको भन्दै वरिष्ठ नेता पौडेलले यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभएको हो । 

प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिनुपर्नेमा पौडेलले जोड दिनुभएको छ । ‘‘केन्द्रको निर्णय अनुसार तनहुँमा समाजवादीलाई भागमा परेको छैन । यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई कार्यान्वयनमा ल्याउनुहोस्’’, वरिष्ठ नेता पौडेलले भन्नुभयो।

प्रत्यक्षतर्फ तनहुँमा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट वरिष्ठ नेता पौडेलले  उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै प्रदेश (क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गर्नु भएको छ । क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदेश (क) मा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने, प्रदेश (ख)का उम्मेदवार नेपाली कांग्रेस जीतप्रकाश आले उम्मेदवार बन्नु भएको छ ।