विगत आठ दिनदेखिको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुगेको छ । यो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेशका कृषि मन्त्रालयलाई पत्राचार गर्दै वर्षाका कारण कृषि तथा पशुपन्छीमा परेको क्षतिको विवरण पठाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५६ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६७ दिन)का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । आगामी कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म मुद्दती राख्न लागेको राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा ४४ करोड ८० लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कमा आठ करोड ४० लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा दुई करोड ८० लाख रुपियाँ लगानी गर्न लागेको हो ।
मधेश प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी परेका दलको सङ्ख्याभन्दा स्वतन्त्र उम्मेदवार बनेको सङ्ख्या बढी देखिएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा आफू आबद्ध दलले उम्मेदवार बन्न टिकट नदिएको कारण स्वतन्त्र उम्मेदवार बन्नेको सङ्ख्या बढेको हो। यसैगरी उम्मेदवार बनेको सङ्ख्याको अनुपातमा महिला उम्मेदवार एकदमै न्यून रहेको छ। जलेश्वर समाचारदाताका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि महोत्तरीमा दलभन्दा स्वतन्त्र र बागी उम्मेदवारको बढी मनोनयनपत्र दर्ता भएको छ। जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार मनोनयनपत्र दर्ता गर्नेमा स्वतन्त्र र बागी उम्मेदवारको सङ्ख्या बढी रहेको देखिएको छ। पार्टीले टिकट नदिए पछि बागी भई स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी भएको हो।
दशैँको लामो बिदापछि सोमबारबाट खुलेका बैङ्क तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड देखिएको छ। विशेष गरी वैदेशिक रोजगारीबाट पठाइएको विप्रेषण (रेमिट्यान्स) निकाल्नेको यहाँका मनी ट्रान्सफर र आईएमई सेन्टरमा धेरै भीड देखिएको हो। असोज १४ गतेदेखि बन्द भएका बैङ्क तथा वित्तीय संस्था सोमबार १० दिनपछि खुलेका छन्।
पर्यटकीय सिजनको सुरुवातमै मौसम प्रतिकूल हुँदा खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटक मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ ।
नेपालमा बहसको विषय बन्दै आएको हाइड्रोजन उत्पादनलाई सम्भव बनाउन सके नेपाल हरित हाइड्रोजनका लागि हब नै बन्न सक्ने विज्ञ तथा सरोकारवालाले बताएका छन् । राजधानीमा आइतबारदेखि सुरु भएको दुईदिने नेपाल हरित हाइड्रोजन सम्मेलनका क्रममा सरकारका मन्त्री तथा विज्ञहरूले हाइड्रोजन उत्पादनलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्र्तगत धनकुटामा गठबन्धनको तर्फबाट सङ्घमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनीलकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गराउनुभयो। यो उहाँहरूको तेस्रो पटकको प्रतिस्पर्धा हो।
करिब दुई करोड रुपियाँको लगानीमा दोलखाकोे तामाकोसी गाउँपालिकाका चारवटा वडामा जातीय पहिचान संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको छ। गाउँपालिकाको लगानीमा वडा नम्बर १ भीरकोटमा माझी सङ्ग्रहालय, वडा नम्बर ४ मालुमा जनजाति सङ्ग्रहालय, वडा नम्बर ७ हावा देउरालीमा सुनुवार सङ्ग्रहालय र वडा नम्बर २ झुलेमा तामाङ सङ्ग्रहालयको निर्माण भएको पालिकाका इन्जिनियर सुबोध चापागाईंले बताउनुभयो ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाविरुद्ध चितवनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभएको छ। चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको छ। उहाँविरुद्ध कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ। अवसरको खोजीमा नेकपा एमाले हुँदै दुई वर्षअगाडि कांग्रेस हुनुभएका विश्वनाथलाई टिकट दिएकाले पार्टी जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको बुर्लाकोटीले बताउनुभयो।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले अब भने गति समातेको छ। निर्वाचन आयोग र राजनीतिक दलहरूको व्यापक आन्तरिक तयारीसँगै असोज २३ गतेको लामै पर्खाइ थियो। यही दिन अर्थात् गएको आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्य सम्पन्न भयो। मुलुकका ७७ जिल्लामा शान्तिपूर्ण तथा मर्यादित रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। यसमा आयोगले ठूलो सहजीकरणको भूमिका निर्वाह गरेको छ। लोकतन्त्रलाई संस्थागत तथा थप सुदृढ गर्ने कार्यमा यसलाई एक महत्त्वपूर्ण कडीका रूपमा लिन सकिन्छ। लोकतन्त्रको आधारभूत विशेषताका रूपमा रहेको आवधिक निर्वाचनमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा मतदाताको सहभागिता र त्यसको सुनिश्चितता महत्त्वपूर्ण आयाम हुन्।
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभाका २७५ सदस्य चयनका लागि आमनिर्वाचन हुँदै छ। निर्वाचनमा दुईवटा मतपत्र हुनेछन्। एउटा एकल सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ सदस्य चयन गर्न र अर्को ११० सदस्यलाई एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट पार्टी–सूची समानुपातिक प्रतिनिधित्वमार्फत चयन गर्न।
अपाङ्गता भएको व्यक्तिलाई बस, रेल, हवाईजहाजबाट यात्रा गर्दा निजलाई र अरू कुनै व्यक्तिको सहारा निरन्तर चाहिने भए त्यस्तो एक जना व्यक्तिलाई यात्रु भाडाको आधा भाडा छुट दिन सकिने गरी दफा १० मा कानुनी व्यवस्था गरियो । यसै कानुनी व्यवस्थालाई आधार मानी हवाईजहाजबाट आन्तरिक यात्रा गर्दा अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा छुट दिन २०६३ सालमा मन्त्रिपरिषद्को निर्णयबाट कार्यविधि बनाई लागू गरियो। प्रत्येक वायुसेवा कम्पनीले आन्तरिक क्षेत्रको प्रत्येक नियमित उडानमा एक जना अपाङ्गता भएका व्यक्तिलाई उडान तालिकामा स्वीकृत हवाई भाडादरमा ५० प्रतिशत भाडा छुट र सहुलि
‘चुच्चे नक्सा’को प्रकाशनपछि केही आधिकारिक तथ्याङ्कीय प्रकाशनमा नेपालको कुल क्षेत्रफल लुप्त भएका छन्। आधिकारिक वेबसाइटमा समेत राज्यको कुल क्षेत्रफल उल्लेख नगर्ने ‘उपाय रचिएको’ पाइन्छ। नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो तर भौगोलिक क्षेत्रफलबिनाको स्वतन्त्र, अविभाज्य र सार्वभौम राज्य हुन्छ ? हुँदैन भने किन हरायो नेपालको क्षेत्रफल ?
महान् अमेरिकी वैज्ञानिक थोमस अल्भा एडिसन केही महिना मात्र विद्यालय गएका थिए। कक्षामा पढ्दा सुस्तः मनस्थितिका कारण देखाउँदै विद्यालयबाट निकालिएका एडिसनलाई आमाले घरमै अनौपचारिक रूपमा पढ्ने, लेख्ने र अङ्कगणितको जानकारी दिएकी दिइन् । पछि उनी महान् वैज्ञानिक भए। उनले विद्युतीय बल्बलगायत हजारौँ आविष्कार गरेर मानव जीवनलाई सरल बनाए।
देशको आधा बढी जनसङ्ख्या रहेको महिलालाई राजनीतिक दलले राजनीतिक रूपमा उपेक्षा गरेको पाइएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट महिला उम्मेदवारको सङ्ख्या न्यून देखिएको छ । जिल्लामा चार प्रतिनिधि सभा सदस्यका लागि ९५ जनाको उम्मेदवारी दर्ता हुँदा १० जना र आठ प्रदेश सभा सदस्यका लागि ११८ जनाको उम्मेदवारी दर्ता हुँदा १८ जना महिलाको मात्रै उम्मेदवारी परेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरी २१३ जनाको उम्मेदवारी परेकोमा महिला सङ्ख्या २८ मात्र छ। यहाँ प्रतिनिधि सभा र प्रदेश सभा गरी १३ प्रतिशत महिलाले मात्रै उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता भएका मध्ये पनि ठूूला राजनीतिक दलमा नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीलाई र सङ्घीय लोकतान्त्रिक मञ्चले राजोदेवी ऋषिदेवलाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ भने बाँकी महिलाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ। त्यसैगरी प्रदेश सभा तर्फ नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर ३ (क) मा सरस्वती पोखरेललाई, राप्रपा नेपालले शिवदेवी सरदारलाई, त्यसैगरी सुनसरी क्षेत्र नम्बर २ (क) मा नेकपा माओवादी पुष्पकमलले शोभा