• १६ भदौ २०८१, आइतबार

बीपी राजमार्गमा खाल्टैखाल्टा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज २६ गते । गुणस्तरहीन मर्मत, सवारी चाप र भारवहन क्षमताभन्दा बढीका सवारीसाधन चल्नाले बीपी राजमार्गको सडक खाल्टैखाल्टा भएको छ। चार महिनाअघि मर्मत गरी टालटुल पारिएको बीपी राजमार्ग फेरि उस्तै भएर भत्किएको छ। वर्षा अगाडि मर्मत भएको बीपी राजमार्गको नेपालथोक–धुलिखेल चौथो खण्डमा सबैभन्दा बढी खाल्टाखुल्टी छन्। 

सवारी चालक गीता पहाडीका अनुसार पुल नभएको ठाउ“मा त खाल्टाखुल्टी छँदै थियो, अहिले धेरै जसो स्थानमा कालोपत्रे उप्किएको छ। डेढ घण्टा लाग्ने ३० किलोमिटर पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्छ। सडक आयोजनाले समयमा मर्मत सम्भार नगर्दा चाडबाडको समयमा झन् सास्ती बेहोर्नु परेको उहाँको अनुभव छ। 

बर्दिवास–सिन्धुली, सिन्धुलीमाडी खुर्कोट, खुर्कोट–नेपालथोक खण्डमा पनि धेरै ठाउ“मा खाल्टाखुल्टी हुनुका साथै सडक भत्किएको उहाँले सुनाउनुभयो। खुर्कोट–नेपालथोक खण्डको खुर्कोट बजार नजिक सुनकोसीले सडक झार्दा एकतर्फी बनाइएको छ। गडौली पुलको हालत पनि उस्तै छ।

भूकम्पपछि भत्किएका खण्ड र अन्य खण्डमा ठूला खाल्टा हु“दा दुर्घटना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो। सवारी व्यवस्थापन र समयमा उचित मर्मत सम्भार नहु“दा राजमार्गमा दुर्घटना बढ्ने र चाडबाडमा हुने सवारी चापले धेरै समय लाग्ने गरेको गोलन्जोर गाउँपालिका–५ निवासी नारायण श्रेष्ठ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “एकल लेन, बढ्दो सवारी चाप, सा“घुरो सडक र खाल्टो बढी भएकाले दुर्घटनाको जोखिम बढेको हो। सडक आयोजनाले समयमा मर्मत नगर्दा यात्रु र चालकले दुःख पाउने भए।” 

नेपालथोकदेखि धुलिखेलसम्म ठूला टिप्पर गाडीले बढी क्षति पुगेको छ। साँघुरो र घुमाउरो राजमार्गका यात्रा गर्न जति मज्जा लिन सकिन्छ, राजमार्गको खाल्टामा सवारी फस्दा उत्तिकै जिउ झस्कने गरेको राजधानी जाँदै गरेका यात्रु सुमन अधिकारीले सुनाउनुभयो।

घुमाउरो र अत्यन्त आकर्षक सडक खाल्टैखाल्टा भई धेरै भत्किएमा राज्यलाई आर्थिक भार पर्ने गोलन्जोर गाउ“पालिकाका अध्यक्ष शङ्कर बरालको भनाइ छ। सडकको भारवहन क्षमता र समयमै खाल्टाखुल्टी मर्मत गरे मात्र राजमार्ग बढी टिक्ने भएकाले स्थानीय तह र सडक आयोजनाले मिलेर काम गर्ने उहाँले बताउनुभयो। 

जापान सरकारको  २६ अर्ब रुपियाँको लगानीमा राजमार्ग निर्माण भएको हो। पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्ने क्रम बढेस“गै राजमार्गमा टिप्परको समेत चाप बढेको छ।