• १९ साउन २०८२, सोमबार

कर्मचारीको बिदाइ

blog

काठमाडौँ,असोज २६ गते । गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीद्वय हरिकृष्ण अर्याल र हरिशरण पुरीलाई सम्मानपत्रसहित बिदाइ गरिएको छ। 

संस्थानमा मङ्गलबार आयोजित कार्यक्रममा संस्थानको सेवामा लामो समयदेखि कार्यरत कर्मचारीद्वय अर्याल र पुरीलाई संस्थान परिवारतर्फबाट बिदाइ गरिएको हो। संस्थान सेवामा २०५३ सालमा प्रवेश गर्नुभएका अर्यालले वरिष्ठ प्राविधिक सहायक पदबाट उमेरहदका कारण अवकाश पाउनुभएको हो। त्यसैगरी पुरीले सिनियर प्रेस म्यान पदबाट स्वेच्छिक अवकाश लिनुभएको हो। 

सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले हँसिलो मुहारसहित सधैँ संस्थानको काममा खटिरहने प्राविधिक कर्मचारीद्वयलाई एकैपटक बिदाइ गर्नुपर्दा केही गुमाएको महसुस भएको बताउनुभयो।