• ८ मंसिर २०८१, शनिबार

च्याम्पियन्स लिग फुटबल : बराबरीमा रोकियो सिटी

blog

च्याम्पियन्स लिग फुटबलमा प्रतिस्पर्धा गर्दै म्यानचेस्टर सिटी र एफसी कोपनहेगनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज २६ गते । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यसअघि लगातार गोल गरिरहनु भएका युवा स्ट्राइकर एर्लिङ हालान्डलाई आराम दिईएको खेलमा म्यानचेस्टर सिटीले बल पोसेसन अब्बल राखेपनि गोल गर्न सकेन । पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीलाई कोपनहेगनले कडा टक्कर दिएको थियो ।

२५औं मिनेटमा पेनाल्टी चुकाएको सिटी अन्तिममा बराबरीमा रोकिन बाध्य भयो । रियाद महारेजको पेनाल्टी प्रहारलाई कोपनहेगनका गोल रक्षकले विफल पार्नुभएको थियो । ३०औं मिनेटमा सर्जियो गोमेजले रातो कार्ड पाउँदै बाहिरिएपछि सिटी खेलमा फर्कन सकेन ।

बराबरीमा रोकिएपनि सिटी समूहको शीर्ष स्थानमा छ । समूह जी मा सिटीले चार खेलबाट १० अंक बनाएको छ । तेस्रो स्थानमा रहेको कोपनहेगनको दुई अंक छ । यसैगरी समूह एफमा बलियो टोली रियल म्याड्रिड पनि बराबरीमा रोकिएको छ । रियल शाख्तर डोनेक्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

समूह एचको अर्को खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले पनि बेन्फिकासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । यही समूहको अर्को खेलमा बलियो टोली युभेन्ट्स मक्काबी हाइफासँग २–० गोलले पराजित भएको छ । समूह ई को अर्को खेलमा चेस्सीले एसी मिलानलाई २–० गोलले स्तब्ध बनाएको छ । एजेन्सी