• १६ भदौ २०८१, आइतबार

फिल्म 'फोन भूत'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, असोज २५ गते । फिल्म 'फोन भूत'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कट्रीना भूतको भूमिकामा देखिएकी छन् । यो फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नुभएको हो । 

कमेडी हरर फिल्ममा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय छ । 

कट्रीना, सिद्धान्त र इशान पहिलो पटक एकसाथ देखिएका छन् । रितेश सिधवानी र फरहान अख्तरको निर्माणमा बनेको फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले तयार पार्नुभएको हो ।

यो फिल्म कार्तिक १८ गतेदेखि प्रदर्शन हुने भएको छ ।