• १२ असार २०८१, बुधबार

सप्तरीमा यादव र राउतवीच प्रतिस्पर्धा

blog

ललिता साह

वोदेवसाईन (सप्तरी) असोज २३ गते । सप्तरीको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव तथा जनमत पार्टीबाट डा. सिके (चन्द्रकान्त) राउतबीच प्रतिस्पर्धा हुनेभएको छ । दुवैजनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि सो प्रतिस्पर्धा हुनेभएको हो । 

अध्यक्ष यादवले नेकपा (एमाले) सँग तालमेल गरी निर्वाचनमा होमिनुभएको छ । अध्यक्ष यादवले पुनः निर्वाचित भएर सप्तरीलाई देशभरमै उत्कृष्ट जिल्ला बनाउने प्रतिवद्धता जनाउनुभयो । नेपाली राजनीतिमा वामे सर्दै गरेको जनमत पार्टीको पहिलो निर्वाचनमा अध्यक्ष राउत उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष यादवसँगको उहाँको प्रतिस्पर्धा रोचक हुने स्थानीयहरुको बुझाइ छ ।

अध्यक्ष राउतको जन्मभुमि सप्तरीको महदेवा गाउँपालिका हो । अध्यक्ष यादव सुनसरीवासी हुनुहुन्छ । २०७४ को चुनावमा पनि यादव सप्तरी २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी बन्नुभएको थियो । 

यसैबीच सप्तरी क्षेत्र नं १ बाट सतारुढ गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह उमेद्बारी दिनुभएको छ । सोहीअनुसार निर्वाचन क्षेत्र नं २ का लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले पनि मनोनयन दर्ता गराउनुभएको छ।