• ८ मंसिर २०८१, शनिबार

बार्सिलोना फेरि शीर्षस्थानमा

blog

सेल्टा डि भिगोविरुद्ध गोल गरेपछि बार्सिलेनाका पेड्री । तस्बिर : एएफपी

काठमाडौं, असोज २४ गते । बार्सिलोना फेरि स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेल्टा डी भिगोलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गर्नुभयो । पेड्रीले १७औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बनेको थियो । दोस्रो हाफमा लगातार गोलको अवसर बनाएपनि बार्सिलोनाले सेल्टाको रक्षापंक्ति तोड्न सकेन ।

जितसँगै बार्सिलेनाले आठ खेलबाट २२ अङ्क बनाएको छ । समान २२ अङ्क बनाएपनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सेल्टा १० अङ्कसहित ११औँ स्थानमा छ ।

अन्य खेलमा रियल सोसिडाडले भिल्ला रियललाई १–० गोलले पराजित गरेको छ । रियल भालाडोलिड र रियल बेटिसले गोलरहित तथा क्याडिज र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी