• १६ भदौ २०८१, आइतबार

फिल्म ‘कौसीद’ पुस १५ मा

blog

काठमाडौं, असोज २४ गते । ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेको हो । 

फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईकोसमेत अभिनय रहेको छ । 

नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नुभएको हो । 

मुख्य भूमिकामा रहेकी ऋचा फिल्मकी प्रस्तुतकर्ता समेत हुनुहुन्छ ।