लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने ऐतिहासिक एवम् पर्यटकीय मेमेपोखरी घुमेर फर्कने क्रममा लेक लागेर एक दम्पत्तिको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीमा लगातार चार दिनसम्म परेको झरीका कारण १४४ घर परिवार बाढीको डुबानमा परी विस्थापित भएका छन् । नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका सो परिवार विस्थापित भएका हुन् ।
निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिनुभएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेज गर्न एन्फाकै बहुमत कार्यसमिति सदस्यले माग गरेका छन् ।
दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अबरुद्ध भएको छ । एयरलाइन्स कम्पनीका जहाजहरु काठमाडौं फर्कनुु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अबरुद्ध हुँदा यात्रुु मर्कामा परेका छन् ।
भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल आयोजक भियतनामसँग ५–० गोलले पराजित भयो । नेपाल यसअघि थाइल्यान्डसँगको पहिलो खेलमा ३–० गोलले पराजित भएको थियो ।
कालीगण्डकी करिडोर अन्तर्गत पीपलडाँडा–रामपुर सडक खण्डको सहदीखोला पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । रम्भाको पीपलडाँडा र फोक्सिङकोटको सिमाना सहदीखोलामा डाँडा भाँसिएपछि कालीगण्डकी कोरिडोर अबरुद्ध बनेको हो ।
सल्यानमा पहिरोमा परी दुई जनाको मृत्युभएको छ । जिल्लाको शारदा नगरपालिका –८ मार्के ओरगाउँका १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको छ । त्यस्तै, त्रिबेणी गाउँपालिका –२ गैह्रगिठीका माथिबाट झरेको ढुंगाले लागेर चन्द्रवहादुर पुनको मुत्यु भएको छ ।
अविरल वर्षाको कारण जनजीवन कष्टकर भईरहेका छ । तर वालिङका युवाहरु भने निरन्तरको झरीको कुनै वास्ता नगरी खेल मैदान निर्माणमा जुटेका छन् ।
निरन्तरको वर्षापछिको चिसो र जाडो समय शुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरु कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं शुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो ।
प्रतिनिधिसभा सदस्य ताप्लेजुङमा नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराई र माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भट्टराई र बुढाक्षेत्रीले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएसँगै उहाँहरुबीच प्रतिस्पर्धा हुनेभएको हो ।
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नुभएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो ।
जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।
केही दिनदेखि परेको अविरल वर्षापछि बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ । करिब दश वर्षअघि निर्माण सुरु भएको ४२५ मिटर सो पुल १६ करोड ६८ लाख रुपियाँ लागतमा २०७४ मा सम्पन्न भएको थियो ।