पछिल्लो चार दिनदेखि लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका अन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि वर्षाले गर्दा ठाउँ ठाउँमा पहिरो गएको छ ।
अस्पतालबाट उपचार गरेर घर फर्किरहेकी एक महिलालाई खोलाले बगाएर वेपत्ता बनाएको छ । बयलापाटा अस्पतालबाट उपचार गरेर फर्किरहेकी मंगलसेन नगरपालिका –११ गिटीखौलाकी ४४ वर्षीया सरस्वती रावल शुक्रबार दिउँसो तापिँरवा खोलामा वेपत्ता भएकी हुन् ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा नम्बर ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा पूर्णरुपमा डुबानमा परेका छन् ।
बाँकेको पूर्बी क्षेत्रका तीन पालिकालाई छोएर बग्ने राप्ती नदीमा यस वर्षकै ठूलो बाढी आएको छ । तीन दिनदेखि भइरहेको अविरल बर्षाले गर्दा नदीको सतह पहिलो पटक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढी ल्याएको छ । बाढीले तराईका विभिन्न ठाउँ डुवानमा परेको छ ।
कैलालीको भजनी नगरपालिकामा करिब २०२ घरधुरी डुबानमा परेको छ । काँढा र कान्द्रा नदीमा आएको बाढीले डुबान गरेको हो ।
लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई डुवान पारेको हो । उद्धार कार्य जारी रहेको छ ।
आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह ए अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोलले हरायो ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुने उम्मेदवारको स्वघोषणाबारे जानकारी गराएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७५औं वरीयतामा उक्लिएको हो ।
दुई दिनदेखि लगातार परेको वर्षापछि नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा हिमपात सुुरु भएको छ । बिहीवार रातिबाट हिमपात सुुरु भएको स्थानीयले बताउनुुभएको हो ।
नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।
पहिरो नियन्त्रण लिन नसक्दा तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व मेटिने जोखिम बढेको छ । पहिरोले स्थानीय बजारमा ठूलो क्षती पुगेको स्थानीयले बताएका छन् ।
तीन दिनदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । सो पालिकाका करिब पाँच हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
‘ए हेर त मालिकाको घरमा कत्रा भोगटे फलेका’ कहिले खाने हँ । “यो भोगटे त मङ्सिर पुसमा खाने भन्नुभएको छ आमाले,” मालिकाले भनिन् । “अहिले कुन महिना हो मङ्सिर हैन र मालिका ?” राधाले हाँस्दै सोधिन्, ‘ल ल हामीलाई पनि खुवाउ है” स्याब्रुले भन्यो । हुन्छ, बोटभरि लटरम्मै फलेको छ, कसले खानु र ! एकदिन साँधेर खाने है ? हुन्छ, हामी सबैजना जम्मा भएर खाने । कहिले खाने त ? भोगटेको अचार बनाउँदा त दही पनि हाल्नुपर्छ । “म घरबाट दही लिएर आउँछु है” शुभमले भन्यो । “म त सक्खर लिएर आउँछु । अस्ति आमाले ल्याउनुभएको छ ।” चन्दाले भनिन्, “अकबरे खुर्सानी पनि हाल्नुपर्छ है” स्याबु्र उफ्रियो । ए भोगटेको कुरा सुनेर मेरो त मुख नै रसायो । हेर त मुखभरि पानी आएको ? कमानले आँ गरेर मुख बाउँदै भन्यो । सबै जना हल्ल हाँसे । आउँदो शनिबार खाउँ न त है ? राधाले प्रस्ताव राखिन् । सबैले एकै स्वरमा ‘हुन्छ’ भने । भोगटे बोटभरि लटरम्मै फलेको छ, कसले खानु र! एकदिन साँधेर खाने है? हुन्छ, हामी सबै जना जम्मा भएर खाने। कहिले खाने त? भोगटेको अचार बनाउँदा त दही पनि हाल्नुपर्छ।शनिबार सबै मालिकाको घरमा जम्मा भए । शुभमले दही ल्यायो । चन्दाले सक्खरको चाको नै ल्याइछन् । स्याब्रुले अकबरे खुर्सानीको पाँच ढेँडी नै ल्याए । मालिकाकी आमाले चार गट्टा ठूला भोगटे टिपेर ल्याइदिनुभयो । “ल तिमीहरूले साँधरे हामीलाई पनि खुवाउ है,” भन्नुभयो । सबै आँगनमा वरिपरि बसे । हँसियाले भोगटे काट्न थाले । “भोगटेको टोपी कत्ति राम्रो हुन्छ । मिलाएर टोपी निकाल है,” चन्दाले भनिन् । राधाले काट्दै थिइन् । टोपी त बिग्रियो । ल पख है म बनाइदिन्छु, आमाले भन्नुभयो । आमाले एउटा भोगटे मिलाएर काटिदिनुभयो । बीचबीचमा चिरेर केस्रा निकाली दिनुभो । स्याब्रुको टाउकामा भोगटेको टोपी लाइदिनुभो । स्याब्रु दङ्ग प¥यो । कमानले अर्को भोगटे पनि काटेर टोपी निकाले । “अब टोपी लाउने पालो मेरा” भन्दै थिए शुभम । भोगटेको टोपी कमानले आफ्नै टाउकामा लगाए । मेरो लागि पनि बनाइदेउ है भन्दै राधा उठिन् । राधाले स्याब्रुको टाउकाको टोपी खोसेर लगाइन् । बाँकी रहेका भोगटे सबै छोडाए । माउ हात्ती भोगटेको बोटतिर गयो। उसले पनि ठूला ठूला भोगटे टिप्यो। अनि सुँडले नङ्ग्यायो। आमा पनि फेरि आउनुभयो। ‘ए ल यिनीहरु पनि आएछन खान त दिनुपर्यो नि’ आमाले ठूलो बाटा ल्याएर दिनुभयो।बिजुलाले भाँडो भरियो । दही नुन खुर्सानी हालेर मालिका, राधा र चन्दाले मोले । आमाले तेलमा मेथी डढाएर ल्याउनुभयो । रसिलो अचारमा डढेको मेथी र तेल हाल्दा ‘झ्वाँइय’ आवाज आयो । त्यसबाट उठेको मुस्लोले चन्दाको आँखा रातो भयो । आमाले चन्दालाई मुख धुन भन्नुभयो । चिसो पानीले मुख धोएपछि चन्दाले आँखा खोलिन् । मकैको बुङ्गोमा सबैलाई साँधेको भोगटे भाग लगाए । सबैले वरिपरि बसेर खान थाले । कमानले भनै“ धेरै गुलियो भएछ । म त खुर्सानी टोक्छु । “हुन्छ हुन्छ टोक । तिमीले ल्याएको एक ढेँडी बाँकी नै छ ।” शुभमले भन्यो । “धेरै पिरो हुन्छ भनेर नहालेको ।” ‘हा हा कति पिरो’ भन्दै खाए । ‘यस्तो पिरो पनि !’उनीहरू अचार खाँदै थिए । तल खोलामा एउटा डुङ्गा आएर रोकियो । ‘ए हेर त डुङ्गामा को होलान् ?’ सबैले त्यतै हेरे । नभन्दै एउटा डुङ्गामा चारवटा हात्तीहरू आएका, कहाँ जान्छन् होला ती हात्तीहरू ? सबैको ध्यान त्यतै गयो । ती हात्तीहरू डुङ्गाबाट उत्रिए । एउटा माउ र अरू छावा थिए । उनीहरू सरासर मालिकाकै घरतिर पो आए । पासाङ “अब के हुन्छ हँ” भन्दै अत्तालियो । उ लुक्न खोज्यो । सबै जना मुखामुख गर्न थाले । हात्तीका लस्कर सुँड उचाल्दै उनीहरू बसेका ठाउँमा आए । सुुँडले गन्ध सुँघे । माउ हात्ती भोगटेको बोटतिर गयो । उसले पनि ठूला ठूला भोगटे टिप्यो । अनि सुँडले नङ्ग्यायो । आमा पनि फेरि आउनुभयो । “ए ल यिनीहरू पनि आएछन् खान त दिनुप¥यो नि” आमाले ठूलो बाटा ल्याएर दिनुभयो । स्याब्रु चन्दा, मालिका, शुभम, राधा, कमान पनि छावासँग खुव रमाए । उनीहरूसँगै खेल्न थाले । खेल्दाखेल्दै छावाले भोगटे छोडाएका बोक्रा पनि खाए । माउ ढोइले बिजुला बाटामा हालिन् । आमाले त्यसमा पिठो र नुन मिसाइदिनुभयो । छावा र ढोइ सबै मिलेर त्यो भोगटेको अचार पनि खाए । “आहा कति मीठो” ढोइले भन्न थाली । छावाहरू पनि ‘ढ्याउ ढ्याउ’ गरेर डकार्न थाले । उनीहरू छावाहरूसँग खेल्दै छावाको बुइ चढे । छावाहरूले उनीहरूलाई उफार्न थाले । ‘आहा कति मज्जा हइट् हइट्’ उनीहरु निकै रमाए । त्यसदिन उनीहरू सबैका मनमा रातभरि हात्ती र छावाका चित्रहरू सल्बलाई रह्यो ।