• १३ साउन २०८१, आइतबार

खोलाले बगाएर एक महिला बेपत्ता

blog

शिवराज ढुंगाना 

अछाम, असोज २१ गते । अस्पतालबाट उपचार गरेर घर फर्किरहेकी एक महिलालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बयलपाटा अस्पतालबाट उपचार गरेर फर्किरहेकी मङ्गलसेन नगरपालिका –११ गिटीखौलाकी ४४ वर्षीया सरस्वती रावल शुक्रबार दिउँसो तापिँरवा खोलामा बेपत्ता भएकी हुन् । 

श्रीमान् र श्रीमानकी दिदीका साथमै आएकी रावल मङ्गलसेन नगरपालिका –९ वलीगाउँको तापिँरवा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता महिलाको स्थानीय, नेपाल प्रहरी टोलीले तापिँरवा र कैलाशखोला क्षेत्रमा खोजी कार्य जारी रहेको अछाम प्रहरीले जानकारी दिएको छ । 

“तीन टोलीले कैलाश खोला नदीको किनारमा खोजी गरिरहेका छौँ, पानीको बहाव धेरै भएको र पानी परिरहेकाले हालसम्म फेला पारिएको छैन” अछाम प्रहरीका इन्स्पेक्टर कैलाश विष्टले भन्नुभयो ।

अछाममा बिहीबारबाट निरन्तर पानी परिरहेको छ । निरन्तरको झरीले स्थानीयलाई बाढी, पहिरोको डरसँगै पाक्नै लागेको धानवालीमा असर पुगेकोमा चिन्ता बढेको छ ।