• ६ चैत २०८२, शुक्रबार

शनिवार इदको सार्वजनिक बिदा

blog

काठमाडौँ, चैत ६ गते । सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले  विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै यो बिदाको व्यवस्था गरिएको उल्लेख छ ।


मन्त्रालयले इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

मुस्लिम समुदायले चन्द्रमा हेरेर मनाउने यो महत्वपूर्ण पर्वका अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।