• १९ साउन २०८२, सोमबार

खोलाले बगाएर एक जना बेपत्ता

blog

पाल्पा, असोज २२ गते । खोलाले बगाएर जिल्लाको–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता हुनुभएको छ । निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराईमगर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

शुक्रवार बेलुकी ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

बराईमगरसँगै जानुभएका चन्द्रबहादुर आले र नेश्नल राना भने सहज रूपमा खोला तर्नुभएको थियो । उहाँको खोजीका लागि प्रहरी र स्थानीयले प्रयास गरे पनि शनिवार बिहानसम्म उहाँको अवस्था थाहा नभएको स्थानीय बासिन्दा दानस मल्ल ठकुरीले जानकारी दिनुभयो । 

Author

रेखीराम राना