पहिरोको जोखिममा परेपछि पाल्पाको निस्दी –३, स्थित क्याङ्रुङ् गाउँका बासिन्दा विस्थापित बनेका छन् । वर्षात्ले क्याङ्रुङ्मा गएको पहिरोले गाउँ नै लग्न थालेपछि सो गाउँका ४५ घरधुरी गाउँबाट बिस्थापित भएर सुरक्षित स्थानमा सरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच आज शनिबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको मुख्य स्वकीय डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का पोलिटब्युराे सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । आज शनिबार उहाँको आफ्नै घरमा चिप्लेर निधन भएको उहाँका परिवारजनले बताएका छन् ।
काठमाडौं, असोज २२ गते । बलिउडका चर्चित अभिनेता अरुण बालीको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ७९ वर्षको उमेरमा मुम्बईको उपनगरस्थित आफ्नै निवासमा बालीको निधन भएको हो ।‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट् पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ फिल्महरूमा उहाँको अभिनय देख्न सकिन्छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो ।
मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा नौ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आज पाँच वर्षको उपलब्धिबारे जानकारी दिँदै प्रदेशसभाको नौ वटा अधिवेशनमा दुई सय २८ बैठक, तीन सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेशसभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भएको जानकारी दिनुभयो ।
त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ ।
मनसुन न्यूनचापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।
राप्ती नदीमा आएको भीषण बाढीले कुसुमस्थित बाढी मापन केन्द्रको बाढी मापन गर्ने गेज नै डुबाएको छ । नदीमा हालसम्मकै धेरै नौ मिटर बाढी आएको थियो ।
लगातारको वर्षाका कारण राप्ती नदी बस्तीमा पसेपछि डुबानमा परेका दाङ देउखुरीका १०३ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले देउखुरीका विभिन्न स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
कैलालीको पथरैया नदीबाट निस्केर गाउँ पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ ।
अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रवार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो ।
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
दामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन बाँच्न निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए ।