• १६ भदौ २०८१, आइतबार

बलिउड अभिनेता अरुण बालीको निधन

blog

काठमाडौं, असोज २२ गते । बलिउडका चर्चित अभिनेता अरुण बालीको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ७९ वर्षको उमेरमा मुम्बईको उपनगरस्थित आफ्नै निवासमा बालीको निधन भएको हो ।

‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट् पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ फिल्महरूमा उहाँको अभिनय देख्न सकिन्छ ।