पाल्पाको निस्दी–३, झिरुवास भलुवाका दुई युवा मृत अवस्थामा फेला परेका छन् । दसैँको अष्टमीको दिन घरबाट भलिबल खेल हेर्न हिँडेका भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका इन्द्रबहादुर खरुमगरको सब फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण खोलामा आएको बाढीमा बगेर दाङमा एक जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीमा बगेर स्थानीय ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एवं एसपी वीरबहादुर वलीले जानकारी दिनुभएको छ ।
महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।
निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
केही दिनयताको वर्षाका कारण देशको अधिकांश भूभाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले उच्चसर्तकता तह पार गरेको छ भने धेरै स्थानमा सतर्क रहन आग्रह गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाऊ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता र खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।
नारीलाई पूजा गर्ने समाजले वास्तविक जीवनमा अपमान गर्यो भनी सहयोगको अनुनय गरेर होइन, त्यसका लागि प्रतिकार गर्ने शक्ति आर्जन गरेर जीवन अघि बढाउने सन्देसको पर्व हो दशैँ । समाज द्वन्द्वमा चल्छ । द्वन्द्व सबै विषयमा जायज छ । नारीलाई श्रीहीन गर्न समाजले अनेक प्रपञ्च रचेको हुन्छ ।
हिलाम्मे बनाएको दसैँ आजको दिन पनि मौसम बदली हुँदा देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
उसले दशैँ आउनु एक महिनाअघि नै भन्थ्यो, अब दशैँ आउँछ सेतो चामलको भात र मासु खाइन्छ । मैले त भात भन्नासाथ चामलकै भात भनेर बुझ्थेँ, उसले चामलको बाहेक केको भात खान्थ्यो थाहा भएन, सोध्दा पनि सोधिएन । हाम्रा घरमा भने बेला बखत राँगोको मासु किनेर चाड मनाइन्थ्यो ।
पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ ।
तिला गाउँपालिका–४ जुम्लामा माटोका घरमाथि मिलाएर राखिएका मकैका झुत्ता ।
गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाएर उहाँको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –५ की ४१ वर्षीया लक्ष्मी कुँवरलाई खोलाले बगाउँदा उहाँको ज्यान गएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।