२०६७ सालको दशैँ पनि उति उत्साहजनक थिएन । तैपनि अघिल्ला वर्षहरूको जस्तै सबै किसिमले रमाइलो बनाउने कोसिस गरिएकै थियो । उत्साह नहुनुमा सीताजीको शारीरिक कमजोरी थियो । उहाँको शरीरमा त्यति घातक क्यान्सर रोग हुर्किरहेको थियो भन्ने हामीलाई थाहै थिएन ।
दुई वर्षअघि सिद्धार्थ राजमार्ग छेउमा बनाइएका अबैध संरचना हटाइयो । सडक बिस्तार गर्ने भन्दै सडक छेउमा बनेका घर टहरा डोजर र लोडर लगाएर हटाइयो थियो । तर दुई वर्षपछि पनि सडक बिस्तारको काम हुन नसक्दा स्थानीय आक्रोशित भएका छन् ।
स्याङ्जाको वालिङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३, ०१–००१ प १५८१ नम्वरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्वरको मोटरसाइकल सिद्धार्थ राजमार्गको वालिङ १० को आम्वोटमा एक आपसमा ठोक्किएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा आम सर्वसाधारणलाई दशैंको टीका लगाइदिनुभएको छ । बुधवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति भण्डारीले दशैंको टीका जमरा लाइदिनुभएको हो ।
चितवनमा जिपको ठक्करले श्रीमानको मृत्यु भएको छ भने उहाँको श्रीमती घाइते हुनुभएको छ । भरतपुर महानगरपालिका –२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदैगरेको बा १५ च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई मध्ये एकको मृत्यु भएको हो ।
नेपालगञ्ज बजारमा छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि ठूलो चुनौती बन्दैगएका छन् । ती छाडा पशु चौपायाको व्यवस्थापन गर्न उपमहानगरलाई हम्मे परेको छ ।
नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाईल्यान्डसँग ३-० गोलले पराजित भयो ।
यो वर्ष पाल्पाको विभिन्न स्थानमा राखिएको लिङ्गे पिङ्ले दशैं पर्वमा रौनकता थपेको छ । स्थानीय बासिन्दाको पहलमा विभिन्न स्थानमा राखिएका पिङले साना बालबालिकादेखि बृद्धलाई मनोरञ्जन दिइरहेको छ ।
‘संस्कृति’ समाजको पहिचान हो । हामीसित छ हजार वर्ष पुरानो ‘सांस्कृतिक’ पहिचान छ । संस्कृतिका माध्यमबाट प्रेम, सद्भाव, एकता, सदाचार, सहकार्य, मेलमिलाप, सहिष्णुता, हार्दिकता, धार्मिकता, परोपकारिता, मानवता, सिर्जना, आविष्कार, उपलब्धि, समृद्धि र श्रेष्ठताजस्ता कुरा हासिल हुन्छन् । मनुष्य सभ्यता, यिनै सांस्कृतिक कर्मबाट विकसित भएको संस्कृति हो । संस्कृति मनुष्य जीवन र समाजको प्राण हो । राष्ट्रको आत्मा हो ।
दशैँ नेपालीका प्रमुख चाडमध्ये एक हो । दशैँ वसन्त ऋतु र शरद ऋतुमा गरेर दुई पटक आए पनि शरद ऋतुको दशैँलाई बडा दशैँका रूपमा मनाइन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन जमरा राखेर यस दिनदेखि नवमी तिथिसम्म शक्तिको पूजा गरेर दशौँ दिनका दिन मान्यजनका हातबाट टीका र जमरा थापी नवदुर्गाको प्रसाद ग्रहण गरेर मनाइने यो चाड पूर्णिमासम्म शुक्लपक्ष नै रहने हुनाले मान्यजन टाढा टाढा भए पनि टीका ग्रहण गर्न जाने चलन छ । नवमीसम्मका नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री नामक न
पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ ।
भारतविरुद्ध टी-२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
लिभरपुल र बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ ।