स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, असोज १२ गते । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले त्यहाँका विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरू सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारे जानकारी दिएको हो ।यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन–५ यस पटक ११ देशमा हुने कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताउनुभयो ।अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलबर्न र पर्थलगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डी ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले जानकारी दिनुभयो ।अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थामा डी–ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले व्यवस्थापनको तयारी गरेको छ ।डिसेम्बर १३ तारिखदेखि २१ तारिखसम्म कार्यक्रम हुने भएको छ । अष्ट्रेलिया पछि जापान, दुबई, दक्षिण कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, अमेरिका र नेपालमा पनि कार्यक्रम हुने भएको छ ।यो सिजनको लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समीक्षा अधिकारीले प्रस्तुति दिने बताइएको छ । कर्पोरेसनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेस्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेकोसमेत जनाएको छ ।
उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन्।
मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपियाँ हस्तान्तरण गरेको हो ।
बडादशैंमा पिङ खेल्न बैतडीका भगवती मन्दिर परिसरमा १४ औं शताब्दीतिर स्थापना गरिएको प्राचीन हिङलो शृङ््गार्ने काम सुरु भएको छ । ४० फिट लामो फलामको साङ्लोलाई सालको काठमा अड्याएर बनाएको प्राचीन पिङलाई हिङलो भन्ने गरिन्छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा डा. शेखर कोइराला पक्षधर नेताकार्यकर्ताले बुधबार धर्ना दिएका छन्।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला कारागारलाई अस्थायी मतदान स्थल कायम गरिएको छ।
भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय पर्शुराम खनाललाई प्रकाउ गरेको हो ।
यो वर्षको दशैंको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनले दशैं मनाउन सङ्घीय राजधानीबाट घर हिडेका यात्रुसँग व्यवसायीहरुले मनपरी भाडा (दोब्बर भाडा) असुलीरहेको पाइएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्वीकार गर्नु भएको छ ।
औलोसँग लडेर मधेसलाई गुल्जार गर्ने धर्तीपुत्र जनताले बिना झन्झट नागरिकता पाउनु पर्ने नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ।
नेपाली कांग्रेसले सल्यानको कपुरकोट गाउँपालिका ३, मूलपानीमा बुधबार विहान भएको दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । सो दलका प्रवक्ता डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
चाडपर्व सूरु भएसँगै सवारी दुर्घटना बढेपछि कपिलवस्तुमा टाइम कार्ड लागु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु भएको हो ।