पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आज पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।
यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशदेश सदस्य निर्वाचनमा गठबन्धन अगाडि बढनुपर्ने बताउनु भएको छ ।
देशका विभिन्न स्थानका महिलाहरुलाई रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका चार जना महिलाहरुलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा बैठक जारी रहेको जनता समाजवादी पार्टीका नेता मनिस सुमनले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ । मङ्गलवार महानगरपालिकाकी उपप्रमुख डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो ।
आज ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । दिवसलाई सरकार र निजी पर्यटन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ ।
विश्व पर्यटन दिवस सेप्टेम्बर २७ का दिन पोखरामा एकदिने सडक महोत्सव हुनेभएको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो। ‘पर्यटनमा पुनर्विचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानका महासचिव एवं कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिनुभयो। हरेक वर्ष गर्दै आएको एकदिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि बाराहीचोकसम्म आयोजना हुनेछ।
घटस्थापनासँगै नेपालीको महान चाड वडादशैँ सुरु भएको छ। यस अवसरमा सोमबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालामा विशाल कलश यात्रा आयोजना गरिएको छ। कलश यात्रामा पाँच हजार १०१ कुमारी कन्या सहभागी भएको दुर्गा पूजा आयोजक समितिले जनाएको छ। भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिताले गौशाला अहिले भक्तिनगरमा परिणत भएको छ। नवदुर्गाको जय गानसाथ मडाहा नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजारक्षेत्र परिक्रमा गरेको थियो। कलश यात्रामा धर्मपरायण नरनारी, पेसाकर्मी, व्यापारीलगायत श्रद्धालुको विशाल सहभागिताले महान पर्वको गौरव र गरिमा बढाएको आयोजक समितिले जनाएको छ। त्यहीँ मालश्री धुन
दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य आकासिएको छ। सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबार हाटमा बिक्री गर्न ल्याइएका खसीबोकाको मूल्य चर्को भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। स्थानीय किसान तथा व्यवसायीले हाटबजारमा बिक्री गर्न ल्याएका खसीबोकाको चाडपर्वको मौका छोपेर स्थानीय व्यवसायीले मूल्य बढाएका हुन्। हाटबजारमा नियमित खरिदबिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका स्थानीयले बताएका छन्।
कृषियोग्य जमिनलाई खण्डीकरण घडेरी तथा अन्य व्यवसायी प्रयोजनका लागि प्रयोग गर्न थालेपछि कृषि उत्पादनमा कमी आएको सरोकारवालाले जनाएका छन् । भूमिसम्बन्धी नीतिमा नै एकरूपता नरहेका कारण जमिनको उपभोग ठीक तरिकाले नभएको बताइएको छ । राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले भूमिसम्बन्धी समस्या समाधानका लागि पटकपटक नीति, नियम बने तर त्यो ठीक ढङ्गले कार्यान्वनयमा नआएका कारण समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । सरकारमा रहेका मन्त्रीहरूले आफ्नो पार्टीको कार्यकर्ताको चाहना, व्यक्तिको स्वार्थअनुसार भूमिसम्बन्धी नीति बनाउने गरेका कारण जहिले पनि यो समस्याकै रूपमा रहेको बताउँदै उहाँले जबसम्म भूमि सुधारका लागि राजनीतिक दलबाट ठोस प्रतिबद्धता आउँदैन, तबसम्म यो समस्या समाधान नहुने बताउनुभयो ।
पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गते हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ३० मिटर रिकर्भ आर्चरी खेलका लागि प्रदेश नं १ को आर्चरी खेलको नेतृत्व गर्दै तीन जना खेलाडी छनौट भएका छन । पासाङ भोटे, जोजो भोटे र ङादर भोटे प्रतियोगिताको लागि छनौट भएको हो ।