अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको अवस्थामा मात्रै अन्तिम ऋणदाता सुविधा प्राप्त गर्नेगरी मस्यौदा तयार भएको छ । चालू आर्थिक वर्षका मौद्रिक नीतिमा नै बैङ्क तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने बताएको नेपाल राष्ट्र बैङ्कले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली २०७९’ को मस्यौदा तयार गरेको हो । राष्ट्र बैङ्कले १५ दिनभित्र सोहीअनुसार अन्तिम ऋणदाता सुविधाको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव मागेको छ । राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आउन नदिन अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावलीको मस्यौदा तयार गरिएको हो । साथै बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताका रूपमा राष्ट्र बैङ्कले आवश्यक ऋण प्रदा
दशैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका छन् । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भीड छ । दशैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिक बजारमा भीड लाग्छ ।
सशस्त्र द्वन्द्वका बेला बन्द गरिएको छोटी भन्सार कार्यालय पुनस्र्थापना नहुँदा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ । बाँके जिल्लाका विभिन्न नाकामा स्थापना गरिएको सातवटा छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकामा हालसम्म पनि पुनः सञ्चालनमा नल्याइएका कारण ती नाकाहरू अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् ।
शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालको अध्यक्षमा पेम्वा शेर्पा (सङ्गम) चयन हुनुभएको छ । सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट शेर्पा सहितको नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौँका सडकपेटीमा मानिसको ज्यान खतरामा पार्न सक्ने चार सय भोल्टसम्मका क्याबिनेट बक्स राखिएका छन्। एक त साँघुरा फुटपाथ त्यसमा पनि नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट बक्स राख्दा पैदलयात्रीको जीवन सधैँ जोखिममा पर्ने गरेको छ। बाटोघाटोमा निर्वाध र निस्फिक्रीसाथ हिँडडुल गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारसमेत हनन भएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले देशको राजनीतिक वातावरण क्रमशः तात्दै गएको छ। राजनीतिक दलहरू निर्वाचनमा उम्मेदवारीको तयारी गर्न निरन्तर बैठकमा छन्। मौजुदा संविधानले कुनै एकै दलले बहुमत हासिल गर्न कठिन हुने यथार्थसँग गठबन्धनको संस्कृति निर्माणमा दलहरूको बाक्लै छलफल र बैठक बस्दैछ। दलहरू निर्वाचन घोषणापत्र निर्माणमा समेत राम्रै गृहकार्यमा जुटेका छन्। दशैँसमेत नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ। निर्वाचनको यो चहलपहललाई सुव्यवस्थित बनाउनुसमेत जरुरी छ। त्यसैले निर्वाचन आयोगले निर्वाचन आचारसंहिला पूर्ण रूपमा लागू गर्न आवश्यक सबै गृहकार्य सम्पन्न गर्दैछ। सबैभन्दा मुख्य विषय त मुख्य दलको आचारसंहिताप्रति प्रतिबद्धता लिन आयोग सफल भएको छ।
भर्चुअल करेन्सीका रूपमा सन् २००९ मा जापानबाट सुरु भएको, डाटा प्रसारमा पूर्ण सुरक्षित, अत्याधुनिक प्रकृतिको विकेन्द्रित ब्लकचेन टेक्नोलोजीमा आधारित ‘बिट क्वाइन’ समेतका हजारौँ प्रकारका विभिन्न नाम र मूल्यका क्रिप्टो करेन्सीको कुनै भौतिक अस्तित्व हुँदैन। यो सरकार वा केन्द्रीय बैङ्कद्वारा जारी गरिएको मुद्रा पनि होइन र कतैबाट यसको कारोबार गर्ने वैधानिकता प्राप्त भएको पनि हुँदैन। तथापि विश्वभरजसो आक्रामक रूपमा क्रिप्टोको कारोबार बढिरहेको छ। आजको डिजिटल दुनियाँमा नेपालसमेत यसबाट अछुतो रहेको छैन।
आज मंगलबार देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मनसुन आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विगत दुई वर्षको दशैँ खल्लो भयो। पारिवारिक मिलनको यो अभूतपूर्व पर्वको उल्लासय वातावरण यस वर्षबाट भने फर्केको छ। घरघरमा जमरा राखेर घटस्थापना गरी दशैँको स्वागत भइसकेको छ। सहरबजारबाट आ–आफ्नो थातथलोमा फर्कनेको भीड सुरु भइसकेको छ भने राम्रो लगाउने र मीठो खाने पर्व पनि भएकाले बजारहरूमा चहलपहल बढेको छ। दशैँ मुलुकका अर्थतन्त्रलाई चलायमान बनाउने पर्व पनि हो। बडादशैँ अहिले उठाउने गरिएको लैङ्गिक विभेदविरुद्ध मातृशक्तिको अपार महत्व दर्शाउने प्रमाणित पर्व हो। नौ दिनसम्म नौवटा देवीको पूजा आराधना गरेर मनाइने दशैँ ऋतु, प्रकृति र मातृ शक्तिको महिमा गाउँदै नतमस्तक भएर भक्ति गर्ने यो पर्वले महिला पुरुष समान मात्र होइन पुरुषभन्दा महिला धेरै अघि छन् भन्ने सन्देश दिन्छ। विजया दशमीका रूपमा लगाइने टीका र जमरा मातृशक्तिको सुरक्षाकवचका रूपमा लिइन्छ।
नेपालमा जसरी दलित, महिला र सीमान्तकृत शब्दावलीहरू २०४६ सालको जनआन्दोलनपछि प्रयोग हुँदै आयो, तब ती समुदायको समावेशीकरणको प्रश्न मुखरित भयो। २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धपछि ती शब्दावली झनै मूलधारमा आए। २०५२ सालको जनयुद्धपछि त समावेशीकरणको सवाल मात्र उठेन, उठाइएन कि त्यहाँ समानुपातिक शब्द पनि सँगसँगै जोडिएर आउन थाल्यो। जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको जगमा पुनस्र्थापित प्रतिनिधि सभाले विभिन्न पछाडि पारिएका समुदायको राज्यका सबै निकायमा समानुपातिक समावेशीकरणको मुद्दालाई स्थापित ग¥यो, जुन घामजत्तिकै छर्लङ्ग छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि हामीले सीमान्तकृत तथा विपन्न समुदाय भन्ने गरेका जो दलित छन्, उनीहरूको समावेशीकरणको अवस्था वा समानुपातिक समावेशीकरणको अवस्था के कस्तो भन्ने विषय यसमा उठाउन खोजिएको छ।
पाँचथरमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले उनीहरूलाई चोरीको एउटा मोटरसाइकल सहित पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।
विदेशी मुद्रा सञ्चिति वा विदेशी विनिमय सञ्चितिलाई एकै रूपमा हेर्ने गरिए पनि विदेशी विनिमयमा विदेशी मुद्राको अलावा अन्य विदेशी विनिमयका उपकरण पनि समावेश हुन्छन् । यी उपकरणबाट आवश्यक परेमा विदेशी मुद्रा प्राप्त गर्न सकिन्छ। यो कुनै देशको केन्द्रीय बैङ्क तथा मौद्रिक अधिकारीसँग भएको बाह्य सम्पत्ति हो, जसलाई उनीहरूले सजिलै नियमन र नियन्त्रण गरी त्यसको विनिमय दर तोक्न सक्छन्।
सुपर लघुवित्त वित्तीय संस्थामा भएको अनियमितताको मुद्दा उच्च अदालत तुलसीपुरमा दर्ता भएको छ । नेपाल राष्ट्र बैङ्कले २३ करोड रकम अनियमितता भएको ठहर गरेको पाँच महिनापछि मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय दाङको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दाङले बैङ्किङ कसुरअन्तर्गत मुद्दा दर्ता गराएको हो । नेपाल राष्ट्र बैङ्कको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले मुद्दाको अनुसन्धान गरिरहेको छ ।
धनकुटाको साबिक तेलिया र कुरुलेतेनुपा गाविसमा एक दशक अघिसम्म बाक्लो बस्ती थियो । एक घरबाट अर्को घरको दुरी नजिक थियो । भर अभर टार्न गाउँले भेला हुन्थे ।
कर्णाली प्रदेश सरकारले विशिष्ट जातका पशुपन्छीको संरक्षण एवं प्रवद्र्धनको नीति लिएको छ । आर्थिक वर्ष २०७६÷७७ बाट प्रदेश सरकारले कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयनमा लगेको थियो । कानुनले व्यवसाय गर्न बन्देज नगरिएका (नेपालको स्थानीयबाहेक) बट्टाई, टर्की र अस्ट्रिचपालन गर्न स्वीकृत दिएको छ ।