पाँचथर जिल्लाका प्रमुख राजनीतिक दलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सवालमा नगरले आउने पॉच वर्षभित्र नमुना काम गर्ने बताउनुभएको छ । दशैं लगायतको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमूखले सो कुरा बताउनुभएको हो ।
ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले कैलालीमा रहेका इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
नारद कोहारतौलिहवा, असोज १५ गते। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको हो। कपिलवस्तुमा तीन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नम्बर २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।त्यस्तै क्षेत्र नम्बर १ का लागि वाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नम्बर ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत शिवप्रसाद पराजुली र क्षेत्र नम्बर ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ।कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि सुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो। उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको बताउनुभयो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो। मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ।निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख दुई हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने दुई अन्य मतदाता रहेका छन्। जिल्लामा २ सय ३४ मतदानस्थल र चार सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन वली, प्रहरी उपरीक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भूमीराम पोख्रेललगायत सहभागी हुनुहुन्थ्यो।
जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले स्वदेशमै वस्तु उत्पादन गरी बिक्रिवितरण गर्ने वातावरणको निर्माणका लागि युवामा जीवन उपयोगी सीप र बित्तीय शिक्षाहुनु आवश्यक भएको बताउनुभएको छ ।
ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले विजयी यात्रा जारी राख्नुभएको छ । साविक विजेता थापाले शनिबार भएको तेस्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल हुनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।
प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् भएको छ ।
देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो ।
युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
वर्तमान सरकारले सामाजिक सुरक्षा भत्ता लिने ७० वर्षको उमेरलाई घटाएर ६८ वर्षमा झारेको छ ।
काठमाडौं, असोज १५ गते । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन÷चार दिन वर्षाको सम्भावना रहेको बताउनुभयो ।कति दिन वर्षाहाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१ गतेसम्म नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले दसैँको नवमी, विजया दशमी र एकादशीमा मनसुनी वर्षा हुनेछ ।उक्त समय देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरु प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारणमा र सरोकारवाला निकायमा अनुरोध गरेको छ ।दसैँको मौसममौसम बुलेटिन अनुसार नवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । असोज २० गते एकादशीका दिन पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।आजको मौसमआज देशभर सामान्यतया बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिनुभयो । आज काठमाडौँको न्यूनतम १९ र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्रि सेल्सियस छ ।
सररररर चचहुइइइइ : शुक्रबार भक्तपुर सुडालमा लिङ्गेपिङमा रमाउँदै बालबालिका ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपास चङ्गा उडाए कारबाही गर्ने जनाएको छ । सूचना जारी गर्दै कार्यालयले चङ्गा नउडाउन जानकारी गराएको छ ।