• १२ असार २०८१, बुधबार

जीवन उपयोगी शिक्षा आवश्यक छ : मेयर साह

blog

धर्बेन्द्र झा

जनकपुरधाम, असोज १५ गते । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले स्वदेशमै वस्तु उत्पादन गरी बिक्रिवितरण गर्ने वातावरणको निर्माणका लागि युवामा जीवन उपयोगी सीप र बित्तीय शिक्षाहुनु आवश्यक भएको बताउनुभएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रको समन्वय तथा लाइफ नेपालको आयोजनामा १४ वर्षदेखि १९ वर्ष उमेरका युवाका लागि लैङ्गिकता, जीवनोपयोगी सीप र बित्तीय शिक्षासम्बन्धी चार दिने साथी सहजकर्ता तालिमको समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । 

प्रत्येक मान्छेको जिवनमा जीवनोेपयोगी सीपको आवश्यकता रहेको भन्दै तालिमबाट सिकेका सिकाइलाई आफनो जिवनमा उपयोग गर्न उहाँले तालिममा सहभागी भएका किशोर किशोरीलाई आग्रह गर्नुभयो । 

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले प्रतिनिधिमुलक रुपमा तालिममा सहभागी भएका जनकपुरधामका विभिन्न विद्यालयका विद्यार्थीले तालिम पश्चात लैङ्गिकता, जीवनोपयोगी सीप र वित्तीय शिक्षासम्बन्धी तयार पारिएको पाठयक्रमबारे आफनो विद्यालयमा कक्षा लिएर अरु विद्यार्थीलाई जानकारी गराउने बताउनुभयो । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा चार दिनसम्म सञ्चालन भएको तालिममा जनकपुरधाम उपमानगरपालिकाका नौ वटा समुदायिक विद्यालयका ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षकको रुपमा समुन्नत नेपालका पवन अधिकारी रहनुभएको छ । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख मिहिलाल यादवको पनि सहभागिता थियो ।