• ७ पुस २०८१, आइतबार

एसियन चेसमा थापाको विजयी यात्रा जारी

blog

एसियन एमेच्योर चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै कृष्ण थापा ।

काठमाडौं, असोज १५ गते । ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले विजयी यात्रा जारी राख्नुभएको छ । साविक विजेता थापाले शनिबार भएको तेस्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल हुनुभयो । 

यसअघि शुक्रबार भएको तेस्रो चरणको खेलमा उहाँले जापानका ताकेनुउची अत्सुसीलाई पराजित गर्नुभएको थियो । तेस्रो चरणको समाप्तिसँगै थापाले तीन अंक बनाउनुभएको छ । उहाँसँगै १४ खेलाडीको समान तीन अंक छ । चौथो चरणको खेलमा थापाले भारतका मधुसुदनन केआरसँग कालो गोटीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । 

कोभिड–१९ का कारण दुई वर्षपछि प्रतियोगिता आयोजना भएको हो । लगातार तीन खेलमा प्राप्त जितले बाँकी चरणको खेलमा पनि अनुकुल नतिजा निकाल्नेमा विश्वस्त रहेको थापाले बताउनु भएको छ । च्याम्पियनसिपमा २० देशका एक सय ४६ खेलाडीको सहभागिता रहेको छ । सेप्टेम्बर २९ बाट सुरु भएको प्रतियोगिता अक्टोबर ५ तारिखसम्म चल्नेछ ।