दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
शेर्पा भाषा
चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दशैँ अवधिभर काभ्रे जिल्लाभर टिप्पर सञ्चालन गर्न रोक लगाइएको छ । दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिप्पर नचलाउने निर्णय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले गरेको हो । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।
मगही भाषा
चाडपर्वमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदेशअन्तर्गतका मकवानपुरसहित चार जिल्लामा चाडपर्वलाई लक्षित गरी शुक्रबारबाट ‘टाइम कार्ड’ लागू गरेको हो ।
सामाजिक सुरक्षा भत्ता लिने नागरिकले सहजै रूपमा आफ्नो रकम लिऊन् भन्दै सरकारले बैङ्कमार्फत भुक्तानीको व्यवस्था मिलाएको छ । रामेछापमा भने बैङ्कहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा नागरिकले सास्ती बेहोर्नु परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शु
तनहुँ, असोज १४ गते । पिकअप भ्यानको ठक्करबाट तनहुँमा एक पैदल यात्रुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
गौरादह, झापाको दमक ३ मा निर्माण भइरहेको दमक भ्यु टावर ।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १४ गते। ताप्लेजुङमा तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ सम्पन्न भएको छ। जिल्लाको पर्यटन प्रवर्द्धन तथा धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) को प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव बिहीबार सम्पन्न भएको हो। सदरमुकाम फुङ्लिङमा मङ्गलबार, बुधबार र बिहीबार तीन दिन आयोजना गरिएको पर्यटन महोत्सव हर्षोल्लासका साथ सम्पन्न भएको छ। पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र जिल्लास्थित नेपाली सेनाको भीमकाली गुल्मले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा खेलकुद, मनोरञ्जनलगायत विविध कार्यक्रमका सम्पन्न भएको छ। महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवं पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले विगतमा भन्दा यसपटक अझ बढी गतिविधिका साथमा महोत्सव सम्पन्न गरिएको बताउनुभयो। उहाँकाअनुसार यस वर्ष साहसिक तथा खेलकुद गतिविधिमा साइक्लिङ, रक क्लाइबिङजस्ता गतिविधि थप गरिएका थिए। बाँकी विगतमा झैँ खुला तथा महिला हाफ म्याराथन (दौड), खाद्य परिकार महोत्सव, औद्योगिक प्रदर्शनी मेला, फोटो प्रदर्शनी लगायतका स्टलहरू राखिएका थिए। यस्तै महोत्सवकै अवसरमा अन्तरपालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिता र खुला बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको थियो। यता महोत्सवको तीनै दिन स्थानीय तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहेको आयोजक समिति सदस्य एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। महोत्सवमा सहभागी पाहुना तथा पर्यटकले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुका साथै मिक्वाखोला गाउँपालिकामा रहेको फुङफङ्गे झरनासमेतको अवलोकन गरेका आयोजकले जनाएको छ। यता यस वर्षको महोत्सव अवधिभर करिब एक लाखले सहभागिता जनाएका बताइएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा आमूल रुपान्तरण गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तीव्र पारिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीका गुनासो र समस्या सुन्न र समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उदघाटन गर्नुभयो ।