• १६ भदौ २०८१, आइतबार

पिकअप भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु

blog

अमरराज नहकी 

तनहुँ, असोज १४ गते । पिकअप भ्यानको ठक्करबाट तनहुँमा एक पैदल यात्रुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका– ४ थर्पु बजार स्थित भित्री सडकमा ठक्कर दिँदा सोही गाउँपालिका–२ बस्ने वर्ष ७० की ईन्दुमाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ठक्कर दिई घाइते बनाएको हुँदा घाइतेलाई तत्काल उपचारको लागी जी.पी.कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँ लगेकोमा उपचारको क्रममा ३ः४५ बजे चिकित्साबाट मृत घोषणा गरेका उहाँले जानकारी दिनुभएको छ ।

सोही गाउँपालिका–३ बस्ने वर्ष २४ को गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नं. को पिकप भ्यानले ठक्कर दिएको चालक तथा भ्यानलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।