• १२ असार २०८१, बुधबार

समस्या समाधान गर्न ‘हेल्लो तिलोत्तमा’

blog

‘हेल्लो तिलोत्तमा’ शुरु गर्दै नगरप्रमुख खाण र उपप्रमुख चौधरी । तस्वीर : कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर, असोज १४ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीका गुनासो र समस्या सुन्न र समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उदघाटन गर्नुभयो ।

नगर क्षेत्रभित्रका सबै नगरवासीले आफ्ना मनमा लागेका गुनासोहरु टोलफ्रिनं. १६६०७१५६६६ र ०७१५५६०५९९ मा फोन गरेर अथवा नगरपालिकाको वेवसाइटमा गइ कमेन्ट बक्समा गुनासा राख्न सकिने ब्यवस्था मिलाएको जनाएको छ । 

नगरवासीका गुनासोहरु नगरपालिकाका सम्पत्ति भएकाले गुनासो सुन्न र ती गुनासालाई समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ को सुरुवात गरेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो । 

नगर प्रमुख खाणले भन्नुभयो, ‘जनताको गुनासो सुन्ने र आत्मसाथ गर्ने बानी गर्नुपर्छ, यी सबै हाम्रा लागि सम्पत्ति हो, जनताका गुनासाले विकास निर्माण र समाज रुपान्तरणका लागि अघि बढ्न प्रेरणा दिन्छ ।’ गुनासो सुन्ने मात्रै नभइ समाधान गर्नेगरी काम हुने उहाँले विश्वास दिलाउनुभयो । 

उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरवासीले आफ्ना गुनासा भएमा कार्यालय नआइ  घरबाट गुनासा राख्न सक्ने बताउनुभयो । हेल्लो तिलोत्तमा २४ घण्टा नै सञ्चालनमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । 

हेल्लो तिलोत्तमामा आज मात्रै पहिलो गुनासो दुधमा बढी पानी मिसाएर बिक्री भैरहेको गुनासो आएपछि नगरले त्यसलाई समाधान गर्न आग्रह गरिसकेको खाणले जानकारी दिनुभयो ।