दशैं नजिकिएका बेला नेपालगञ्ज बजारमा म्याद गुज्रेका सामान र मापदण्डपिवरित मासु खुला रुपमा बिक्रि भएको भेटिएको छ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान विक्री गरेको पाइएको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधावाफत प्राप्त हुने तीन महिनाको रकम बालबालिकाको पोशाकमा खर्चने घोषणा गर्नु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गुर्नभएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदा समेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आम सञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कन लागि आग्रह गर्नुभएको छ।
केही दिन अघिसम्म अस्तव्यस्त रहेको दमक बसपार्क अहिले स्थानीयहरुको प्रयासमा आकर्षक बनेको छ । चाडपर्वलाई लक्षित गरी साथीभाइ नामक समूहले बसपार्कको स्वरुप नै परिवर्तन गरेको हो ।
म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।
ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
गुल्मीका ग्रामीण भेगका किसान बाँदर र बँदेलबाट पीडित भएका छन् । जिल्लाको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गका किसानले आफुहरु बाँदर र बँदेलबाट निकै पीडित भएको गुनासो गरेका हुन् ।
पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ। नवलपरासी जिल्लाको कावासोती, देवचुली, गैडाकोट नगरपालिका क्षेत्रमा अनुगमन थालिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
शुक्रबार सिंहदरबारस्थित निर्माणाधीन नयाँ सङ्घीय संसद् भवनको अवलोकन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङ र ताक्ची नदीमा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दा खुसी हुनुभएको छ ।
अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश नं. १ का पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन थालिएको छ ।