कुनै पनि निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने विधि र प्रक्रियाबारे मतदातालाई जानकारी गराउन सूचना सामग्री तथा कार्यक्रमसम्बन्धी जान
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
विश्वमा विभिन्न रूपका कट्टरपन्थ, रूढीवाद, ‘पपुलिज्म’ हावी हँुदै गइरहेको सन्दर्भमा राज्यको नीति निर्माणसँग सम्बन्धित ज्ञान उत्पादनका केन्द्र (‘थिङ्क ट्याङ्क’)ले वैज्ञानिक र वस्तु
तामाकोसी नदीका तेल दल्ने साँघु लोप हुन लागेकोमा जमानामा निजी लगानी गरेर निर्माण गर्नेलाई भन्दा स्थानीयवासीलाई चिन्ता लागेको छ ।
नेपालीको महान् चाड दशैँमा नौ दिनसम्म देवीको पूजापाठ गरी दसौँ दिनमा प्रसाद ग्रहणपछि समापन गरिन्छ । यस चाडले विविध नामले पहिचान बनाएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका
दशैं मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढेको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो।
दशैंको अवसरमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ।
आठौं आईटीएफ तेक्वान्दो वल्र्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् ।
किङ रोबर्ट “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटमा शनिबार च्याम्पियन बन्नुभएकोे छ । उहाँले नुवाकोटे टाइगरलाई पराजित गर्नुभएको हो । उपाधिसँगै रोबर्टले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
पाँचथर जिल्लाका प्रमुख राजनीतिक दलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सवालमा नगरले आउने पॉच वर्षभित्र नमुना काम गर्ने बताउनुभएको छ । दशैं लगायतको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमूखले सो कुरा बताउनुभएको हो ।
ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।