• १६ भदौ २०८१, आइतबार

दशैंको अवसरमा ‘घर जाँदैछु’ सार्वजनिक

blog

काठमाडौं, असोज १५ गते।  दशैंको अवसरमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक भएको छ। 

डार्बिन लुगेंलीको शब्द सिर्जना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ।  सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेलीले आफैं गर्नुभएको हो। 

म्युजिक भिडियोलाई निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ। 

गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवाले झेल्ने परिस्थिति देखिने गरी मोडल मीन भण्डारीले अभिनय गर्नुभएको छ। भिडियोमा मिनका अलावा, साहारा कोइराला , बिनोद कुमार पौडेलको अभिनय देख्न  सकिन्छ। 

हिमाल शर्माले छायांकन गरेको भिडियोको चानस पुन मगरको सम्पादन गर्नुभएको हो।  चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गर्नुभएको हो।