• ७ जेठ २०८१, सोमबार

बजारमा सुन अभाव

blog

काठमाडौँ, असोज १६ गते । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधि टोलीले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस विषयमा सम्बन्धित निकायमार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिनुभयो । 

पछिल्लो समयमा दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगतका वर्षमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुन्थ्यो ।

महासङ्घका अध्यक्ष शाक्यले दशैँका बेला बजारमा सुनको माग बढेकाले त्यसको अभाव रहेको बताउनुुभयो । बजारमा अहिले दैनिक २५ देखि ३० किलो सुनको माग छ, १० केजी मात्र आपूूर्ति हुुँदा त्यसको अभाव भएकाले सुनको कोटा बढाउनुुपर्ने उहाँले बताउनुुभयो । दशैँ सुरु भएसँगै बजारमा सुनका गहना किन्नेको सङ्ख्या बढ्दै गएको व्यवसायीहरूले बताएका छन् ।