काठमाडौँ, वैशाख १ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ११ पैसा र बिक्रीदर १४९ रुपियाँ ७१ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ४२ पैसा र बिक्रीदर १७५ रुपियाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ३७ पैसा र बिक्रीदर २०१ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ८४ पैसा र बिक्रीदर १८९ रुपियाँ ६० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ छ पैसा र बिक्रीदर १०५ रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ७५ पैसा र बिक्रीदर १०८ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ९० पैसा र बिक्रीदर ११७ रुपियाँ ३७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ८३ पैसा र बिक्रीदर २१ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ७३ पैसा र बिक्रीदर ३९ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ९० पैसा र बिक्रीदर ४१ रुपियाँ छ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ तीन पैसा र बिक्रीदर १० रुपियाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ तीन पैसा र बिक्रीदर १६ रुपियाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३४ पैसा र बिक्रीदर २३ रुपियाँ ४४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ चार पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपियाँ ४१ पैसा र बिक्रीदर ४८८ रुपियाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपियाँ १५ पैसा र बिक्रीदर ३९६ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपियाँ २९ पैसा र बिक्रीदर ३८८ रुपियाँ ८५ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस