• २० वैशाख २०८१, बिहिबार

दशैंमा घर जानेको लर्को

blog

काठमाडौं, असोज १५ गते। दशैं मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढेको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो। 

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि सडकमा काठमाडौंका नाकामा जाम बढेको छ।  दशैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दो छ। 

घटस्थापनादेखि बाहिरिने यात्रुको चाप बढेको हो। शनिबारसम्म पाँच लाखले काठमाडौं छोडेको प्रहरीले बताएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या पनि धेरै छ। राजधानीको व्यस्त नाका कलंकी र कोटेश्वरमा पुगेर गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :