राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ ।
अमेरिकी डलरको बढ्दो मूल्य र नेपाली मुद्राको खस्कँदो अवस्थाले नेपाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने खतरा देखिएको छ ।
गाउँगाउँमा अहिले पनि विद्यमान विकृति तथा विसङ्गतिविरुद्ध स्थानीय कलाकारद्वारा सडक नाटक प्रस्तुत गरिएको छ । स्थानीय भाषा र देउडा गीतमार्फत कलाकारहरूले गाउँघरमै पुगेर सडक नाटक देखाएका हुन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी यो वर्षको दशैँ काठमाडौँमै मनाउने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार दशैँ भनेको परिवार, आफन्त जम्मा भएर टीका लगाउने, सबैसँग भेटघाट गर्ने चाड हो । बाल्यकालमा पिङ खेल्न र चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो तर अहिले पिङ र चङ्गा संस्कृति समाजबाट हराउँदै गएको उहाँ बताउनुहुन्छ । सानो छँदा दशैँमा नयाँ कपडा किनेको, कपडा मन परेन भने घरपरिवारसँग घुर्की लगाएको सधैँ याद आइरहने बताउने अभिनेता केसीसँग सम्झनामा दशैँ मन्थन गरेका छौँ ।
दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ ।
रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षमा कुल लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने लक्ष्य निर्धारण गरेको छ ।
कोरोनाले थलिएका सामाजिक, सांस्कृतिक रीतिरिवाज तथा परम्परा पुनः बिस्तारै आफ्नो लयमा आउन थालेका छन् । स्वदेशमा होस् वा विदेशमा बसेका नेपालीले आफ्ना घरपरिवारसँग स्वतन्त्र र आनन्दले चाडबाड, मेला–पर्व तथा टीकाटालो गर्न नपाएको झन्डै चार वर्ष भयो । कोरोनाको डरले जो जता बसेको छ, त्यतै ज्यान जोगाउनुपर्ने बाध्यताले होला, यसअघिका चारवटा दशैँलगायत चाडपर्व खासै खुसी र आनन्दले मनाउन पाइएका थिएनन् तर यस पटक भने स्वदेश मात्र होइन, विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीसमेत स्वदेश फर्केर घरपरिवारसँग टीकाटालो गर्ने, आशीर्वाद लिने–दिने योजना बनाइरहेका छन् ।
विवाह भएपछि विवाहदर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन माग गर्नु हसिनाका लागि कुनै अपराध थिएन । यही दुईवटा मागका कारण वर्षांैदेखि सासू
जीवन एक प्रकारले यात्रा हो । घुमन्ते, फिरन्ते जीवनशैलीबाटै मानिस उन्नत समाजमा आइपुगेको हो । त्यो गुण मानव समाजमा अहिले फरक ढङ्गले अघि बढिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समय सबैभन्दा बढी स्थानीय तह र शैक्षिक संस्थासँगै सम्बन्धित मुद्दा र उजुरी अधिक पर्ने गरेका छ । प्रदेश १ का ११ जिल्ला र मधेश प्रदेशको सप्तरीसमेत कार्य क्षेत्र रहेको आयोगको इटहरी कार्यालयमा विशेषगरी स्थानीय तह र शिक्षा क्षेत्रसँग सम्बन्धित निकायविरुद्ध उजुरी र मुद्दा अधिक मात्रमा पर्ने गरेको हो ।
रै नेपालीले दशैँ मनाउँछन् । एकथरी रातो टीका लगाउँछन् अर्काथरी सेतो टीका लगाउँछन् । अर्काथरी निधारमा सामान्य टीका मात्रै लगाउँछौँ भन्छन् । एकथरी जमरा लगाउँछन्, अर्काथरी जमरा नलगाई मनाउँछन् । दशैँ मनाउँदा कसैले पशुबलि दिन्छन््, कसैले दिँदैनन् । त्यसैले दशैँमा विविधता छ । एउटै परिवेशमा एउटै जातजाति, एउटै वर्ण मात्रैको दशैँ हो भन्न खोज्यौँ भने दशैँको महानतामा असर पर्छ र खलबलिन पुग्छ ।
राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधनमा राष्ट्रिय सभा सचिवालयले बिहीबार कार्यक्रम आयोजना गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा
तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता