अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समय सबैभन्दा बढी स्थानीय तह र शैक्षिक संस्थासँगै सम्बन्धित मुद्दा र उजुरी अधिक पर्ने गरेका छ । प्रदेश १ का ११ जिल्ला र मधेश प्रदेशको सप्तरीसमेत कार्य क्षेत्र रहेको आयोगको इटहरी कार्यालयमा विशेषगरी स्थानीय तह र शिक्षा क्षेत्रसँग सम्बन्धित निकायविरुद्ध उजुरी र मुद्दा अधिक मात्रमा पर्ने गरेको हो ।
रै नेपालीले दशैँ मनाउँछन् । एकथरी रातो टीका लगाउँछन् अर्काथरी सेतो टीका लगाउँछन् । अर्काथरी निधारमा सामान्य टीका मात्रै लगाउँछौँ भन्छन् । एकथरी जमरा लगाउँछन्, अर्काथरी जमरा नलगाई मनाउँछन् । दशैँ मनाउँदा कसैले पशुबलि दिन्छन््, कसैले दिँदैनन् । त्यसैले दशैँमा विविधता छ । एउटै परिवेशमा एउटै जातजाति, एउटै वर्ण मात्रैको दशैँ हो भन्न खोज्यौँ भने दशैँको महानतामा असर पर्छ र खलबलिन पुग्छ ।
राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधनमा राष्ट्रिय सभा सचिवालयले बिहीबार कार्यक्रम आयोजना गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा
तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता
दशैँ नजिकिन थालेको कुरा मौसमले जनाउ दिन्छ । बर्खाभरि मडारिएको कालो बादलका छिटपुट अंश पनि बिस्तारै हराउँछ । धर्ती उज्यालो अनि आकाश खुला हुन्छ । शरद् ऋतुको आगमनसँगै खेतबारीका डिलमा ढकमक्क सयपत्री फुल्छन् ।
सवारीसाधनको बढ्दो चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन जटिल तथा चुनौतीपूर्ण बन्दै गएको छ ।
दशैँ सँघारमा छ । किनमेल, घुमघाम, भेटघाट, मनोरञ्जनदेखि अनेकौँ योजना पूरा गर्ने समय हो यो । अधिकांश हिन्दु नेपालीको प्रमुख चाडका रूपमा स्थापित दशैँलाई नै लक्षित गरेर सार्वजनिक प्रणाली निर्माण पनि भएका छन् । सबैभन्दा धेरै सार्वजनिक बिदा यही समय हुन्छ । दशैँ लक्षित चाडपर्व खर्चका रूपमा अतिरिक्त एक महिनाको तलब कर्मचारीलाई उपलब्ध हुन्छ । सार्वजनिक यातायातको अतिरिक्त व्यवस्थापनदेखि सुरक्षा प्रणालीको परिचालनमा पनि राज्यले थप मेहनत गर्नुपर्छ । दशैँमा हुने व्यापक किनमेलकै कारण अनुगमन प्रणाली पनि यतिबेला बढी सक्रिय हुने गर्छ । सरकार आफैँले पनि सुपथ मूल्य सञ्चालन गर्नेदेखि निजी व्यवसायका दर्जनौँ नयाँ आकर्षक योजना दशैँमा सार्वजनिक हुन्छन् । अर्थतन्त्रका धेरै आयामलाई दशैँले प्रत्यक्ष प्रभाव पार्ने भएकाले वर्षभरमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने समय पनि यही बनेको छ ।
सरकारी ऐन, कानुन, नीति, नियमको नियमन, अनुगमन र कार्यान्वयनको जिम्मा पाएका डोटीका सरकारी कार्यालय स्वयं नियमित रू
शताब्दीपुरुष सत्यमोहन जोशीले सधैँ परम्परा र पर्वको सम्मानमा दशैँ मनाउनु भयो । शताब्दीपुरुषले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रकालका दशैँ मनाउनु भयो । १०३ वर्ष पार गर्नुभएका उहाँ अघिल्ला वर्षमा जस्तै यसपालि पनि परिवारसँग सामान्य रूपमा दशैँ मनाउने तयारीमा हुनुहुन्छ । त्यसो त शताब्दीपुरुष जोशी दशैँमा टीका लगाउनु हुन्न । तर उहाँ यो चाडले फुर्सदमा ठूलाबडाको कुरा सुन्नुपर्ने सिकाएको बताउनु हुन्छ ।
दशैँ सुरु भएसँगै पछिल्लो समय घर फर्किनेको चहलपहल बढेको छ । रोजगारका लागि भारत तथा अन्य मुलुकमा गएका परदेशी अहिले धमाधम घर फर्किरहेको हुनाले सडक, बजार र गाउँघरमा चहलपहल बढेको हो । कर्णाली प्रदेशका अधिकांश नागरिक रोजगा
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १४ गते ।डिजिटल मुद्रा प्रयोगमा ल्याउन विद्यमान कानुनी व्यवस्थामा पर्याप्त सुधार तथा छुट्टै संयन्त्र आवश्यक पर्ने देखिएको छ । सार्वजनिक छलफलका लागि नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी) ः नेपालका लागि नीतिगत लक्ष्य र डिजाइनको उपयुक्त पहिचान’ नामक सोचपत्रले विद्यमान कानुनी व्यवस्थाअनुसार डिजिटल मुद्रा जारी गर्न नसकिने भएकाले यसमा संशोधन आवश्यक रहेको उल्लेख गरेको हो । विद्यमान नेपाल राष्ट्र बैङ्क ऐनले केन्द्रीय बैङ्कले बैङ्क नोट र सिक्का मात्र जारी गर्न पाउने तथा केन्द्रीय बैङ्कले व्यक्तिगत, सङ्घसंस्था र राजनीतिक दलको खाता सञ्चालन गर्न पाउने व्यवस्थामा रोक लगाएकाले यसमा संशोधन आवश्यक रहेको सोचपत्रमा औँल्याइएको छ । त्यस्तै मुद्राको विद्यमान परिभाषालाई सीबीडीसी पनि परिभाषित हुने गरी व्यवस्था गर्नुपर्ने उक्त सोचपत्रमा उल्लेख गरिएको छ । यसबाहेक बैङ्क तथा वित्तीय संस्था ऐन (बाफिया) २०७३, कम्पनी ऐन, कर कानुनलगायतमा पनि संशोधन आवश्यक पर्ने सुझाव सोचपत्रले दिएको छ । डिजिटल मुद्राको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सोचपत्रले डिजिटल डेटा सुरक्षाको पनि छुट्टै कानुन आवश्यक पर्ने जनाएको छ । डिजिटल मुद्रा कार्यान्वयनमा ल्याउन राष्ट्र बैङ्कले एउटा छुट्टै समूह अथवा संयन्त्र बनाउनुपर्ने उल्लेख छ । यसरी संयन्त्र निर्माण गर्दा राष्ट्र बैङ्कअन्तर्गतका सरोकारवाला विभागका सदस्यसहितको संलग्नता हुनुपर्ने जनाइएको छ । यस किसिमको संयन्त्र सुरुको चरणमै आवश्यक नपरे पनि डिजिटल मुद्रा कार्यान्वयनमा आएपछि भने आवश्यक पर्ने सोचपत्रले देखाएको छ । सञ्चालन प्रक्रियासँग सम्बन्धित समस्या समाधान गर्न सक्ने अधिकारसहित यस्तो संयन्त्रको परिकल्पनाले सोचपत्रले गरेको छ । सोचपत्रले सीबीडीसीका लागि रणनीतिक योजना आवश्यक पर्ने र त्यसलाई सहयोग पुग्ने गरी सम्भाव्यता अध्ययन हुन जरुरी ठानेको छ । सीबीडीसी कार्यान्वयनमा अर्थतन्त्रमा पर्ने भार तथा लाभ र स्रोतको उपयोगका सन्दर्भमा यस्तो अध्ययन आवश्यक पर्ने उल्लेख छ । यसबाहेक सुरक्षित सीबीडीसी प्रणाली, उपयुक्त नीतिगत व्यवस्था र राष्ट्र बैङ्कको क्षमता वृद्धि महŒवपूर्ण हुने सोचपत्रमा जनाइएको छ । सहयोगी निकायसँगको निरन्तर समन्वय, सीबीडीसीका फाइदा र उपयोगका लाभका सन्दर्भमा जनचेतना अभिवृद्धि र डिजिटल बैङ्किङको निरन्तर प्रवद्र्धनलाई सोचपत्रले प्राथमिकतामा राखेको छ । त्यस्तै सीबीडीसी सार्वजनिकपूर्व यसको ‘प्रोटोटाइप’ आवश्यक पर्ने सुझाव सोचपत्रले दिएको छ । डिजिटल मुद्राको कार्यान्वयन चुनौतीपूर्ण भए पनि विश्वका कतिपय ठाउँमा यसको प्रयोग भइसकेको सन्दर्भमा त्यसबाट पाठ सिकेर नेपालमा लागू गर्नुपर्ने सोचपत्रले जनाएको छ ।
सिङ्गो श्रीमद्देवीभागवत महापुराण, मार्कण्डेयपुराण, कालिका पुराण, ब्रह्मवैवर्त पुराणलगायत रामायण र महाभारतमा पनि देवी दुर्गाको महत्वको व्यापक चर्चा पाइन्छ । दुर्गासप्तशतीकै देवीमहात्म्य (अध्याय ५, ११, १२)मा बताइए अनुसार नारीशक्तिको सूक्ष्मताको रहस्य प्रकाशित हुन्छ :
नेपाल बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीशलाई पनि प्रधानन्यायाधीशसरहको सुविधा दिने सरकारको निर्णयको विरोध गरेको छ । छ महिनाभन्दा बढी अवधि कायममुकायम भएका न्यायाधीशलाई प्रधानन्यायाधीशको सुविधा दिने गरी सरकारले गरेको निर्णय अ
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को साँगाचोक आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न पाठेघर स्वास्थ्य शिविरमा ग्रामीण भेगका २२६ महिला लाभान्वित भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा शिर मेमोरियल अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा पाठेघरको समस्या भएका महिलाले उपचार पाएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शिविरमा पाठेघरको मुखको क्यान्सर, पिसाब चुहिने रोगको पहिचान र उपचार, भिडियो एक्स–रेलगायतका विभिन्न रोगको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो । नगर स्वास्थ्य प्रमुख शिव पुरीले