आधुनिक प्रविधिको विकास तथा प्रयोगसँगै विभिन्न क्षेत्रमा सुविधा बढ्दैछन् । समस्या कम देखिएका छन् र समस्या समाधानसमेत विगतका दाँजोमा क्रमशः सजिलो हुँदै गएको पाइन्छ । तर हाम्रो देशको कतिपय सरकारी निकायमा भने प्रविधिको विकासले काम झनै सजिलो होलाभन्दा कठिन भएका अनेक उदाहरण छन् । त्यसमध्ये पर्छ, सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्राप्त
नेपालमा आजकल राष्ट्रवाद (नेसन्यालिज्म) र देशभक्ति (प्याट्रियोटिज्म) बहुचर्चित शब्द बनेको छ । जो आफूलाई देशभक्त राष्ट्रवादी होइन भन्छन् ऊ आफूबाहेक अरूलाई देशभक्त, राष्ट्रवादी भन्न हिचकिचाउँछन् । के राष्ट्रवादी, देशभक्त हुन पनि स्वघोषणा गर्न जरुरी छ ? एक देशको, दलको वा व्यक्तिको राष्ट्रवादको परिभाषा अर्को देशलाई, अर्को दललाई वा अर्को व्यक्तिलाई मान्य नहुन सक्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले १९औँ निजामती सेवा दिवसका अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले आयोजना गरेका कार्यक्रममा भन्नुभयो, “
वि.सं. २०७९ मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दलका र स्वतन्त्र उम्मेदवार होमिएका छन् । सबै उम्मेदवारको मनोविज्ञान गोल हान्ने र जित्ने नै छ । यता नागरिक उम्मेदवारले चुनावमा लिएर आउने कार्ययोजनाको प्रतीक्षामा छन् ।
नवरात्रिमा नौ दिनसम्म दुर्गा शक्तिको आराधना भक्तिपूर्वक गर्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने आमभावना छ । दसौँ दिन सबै नकारात्मक तìवलाई परास्त गरी विजयस्वरूप विजया दशमी मनाउने परम्परा हिन्दु धर्म सं
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा डेङ्गु रोग सङ्क्रमणले महामारीको रूप लिएको छ । डेङ्गु रोग सङ्क्र
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
दशैँको उल्लास छ । बजारमा चहलपहल बढेको छ । दशैँमा चाहिने सामग्री किन्न र खर्चको जोहो गर्न सबै व्यस्त रहँदा ९० वर्षीया लक्ष्मी
जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ।
खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको फाँटमा चर्दै गरेका भेंडाका बथान ।
काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार सहरका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ ।
काठमाडौं, असोज १३ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताउनु भयो। उहाँले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेद कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले समाजवादले मात्रै समाजमा भएका वर्गीय शोषणलाई समाप्त गर्नसक्ने बताउनु भयो। हालसम्म महिलालाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनु भयो। उहाँले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताउनु भयो।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङ खुला म्याराथन (दौड) को उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ। बिहीबार सम्पन्न ताप्लेजुङ खुला म्याराथनको उपाधि जुम्लाका कुँवरले जित्नुभएको हो। ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको विजेता कुँवरले निर्धारित ४२ किलोमिटर दूरी चार घण्टा १२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभएको थियो। कर्णाली रिपोर्टिङ क्लबमा आबद्ध कुँवरले खुला म्याराथनको उपाधिसहित एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ। यस्तै नेपाल आर्मीको गजुरी धादिङस्थित शिवदल गणमा कार्यरत खगेन्द्रबहादुर भाट म्याराथनको उपविजेता बन्नुभएको छ। भाटले निर्धारित उक्त दूरी चार घण्टा १२ मिनेट ५७ सेकेण्डमा पार गर्नुभएको थियो। म्याराथनका तृतीय भने पाँचथरस्थित रणशेर गणमा कार्यरत नपाली सेनाका राजन मेयोङ्बा चार घण्टा १२ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय बन्नुभएको छ। उपविजेता र तृतीयले क्रमशः एक लाख ११ हजार १११ र ५१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। यस्तै महिला हाफ म्याराथनतर्फ ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाकी समपाल्मु शेर्पाले उपाधि जित्नुभएको छ। निर्धारित २१ किलोमिटर दूरी तीन घण्टा १३ मिनेट ९ सेकेण्डमा पार गर्दै शेर्पाले उपाधि जित्नुभएको हो। उहाँले उपाधि जितेसँगै ८१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। यस्तै भोजपुर जिल्लाकी छेन्वीमाया राईले चार घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिला हाफ म्याराथनको द्वितीय र ताप्लेजुङकै मिक्वाखोला गाउँपालिका–३ लिबाङकी पेम्बाल्हामु शेर्पा चार घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दूरी पार गरी तृतीय बन्नुभएको छ। द्वितीय बन्न सफल राई र तृतीय शेर्पाले क्रमशः ५१ हजार १११ र ३१ हजार १११ रुपियाँ नगद राशीको पुरस्कार प्राप्त गर्नुभएको छ। खुला म्याराथनका लागि सदरमुकाम फुङ्लिङ बजारदेखि तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने गरी दौडस्थल कायम गरिएको थियो। त्यस्तै महिला हाफ म्याराथनतर्फ फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनः फुङ्लिङ बजार आइपुग्ने स्थल कायम थियो। म्याराथनको खुलातर्फ एक सय ३५ र महिला हाफतर्फ २४ जनाले सहभागिता जनाएका थिए।मङ्गलबार सुरु भएको तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ बिहीबार सम्पन्न भएको हो। महोत्सव पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बन्धन समिति र नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले संयुक्त आयोजना गरेका हुन्।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका नेताकार्यकर्ता एमालेमा फर्किनुभएको छ।