यू–१७ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाले पैदल यात्रीलाई सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने बताएको छ ।
सुजन काफ्लेचरिकोट, असोज १३ गते । पर्यटकीय जिल्ला दोलखा सदरमुकाम चरिकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ।जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनले जथाभाबी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओर्लाउने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ।चरिकोट बजारमा सडक छेउमै टिकट काउण्टर खोलिएको छ। जिल्लामा नयाँ बस थपिएसँगै सडकमा समस्या भएको छ। यहाँ बस पार्किङका लागि समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने नियम छ। फराकिलो बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको बोलेरो चालक रोशन कुमार केसीले बताउनुभयो। घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढ्ने उहाँको भनाइ छ।व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन्। यात्रु र सवारी साधनको चाप बढेको छ। तर, बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन। भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बसपार्क निर्माणका लागि मास्टर प्लान तयार भएको बताउनुभयो। अरू स्थान भन्दा भीमेश्वर नगरपालिका ५ अनाथालय नजिकै रहेका जग्गामा सबैलाई पायक पर्ने भएकाले बसपार्कको लागि जग्गा व्यवस्थापन भएको उहाँको भनाइ छ। जिल्ला सदरमुकाम चरिकोटसहित सिगटी, जिरी, मैनापोखरी बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ। मुख्य राजमार्ग र भित्री सडक प्राय सबैमा व्यावसायिक सवारी साधन सञ्चालनमा छन्।
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । माल्दिभ्समा बुधबार राति भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बनेपछि नेपाल दोस्रो भएको हो ।
पाल्पाको रैनादेवी छहरा –२, सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा कार्यरत कामदार आन्दोलित भएका छन् । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताउनुभएको छ ।
दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्वुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन ।
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका –१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परेको जिपमा यात्रु नरहेकाले चालक सुर्नया गाउँपालिका–३ बस्ने ३५ वर्षीय पृथ्वी भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।
प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ ।
बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले डेंगु सङ्क्रमणको परीक्षण निःशुल्क सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले आज (बिहीबार) वसन्तपुरमा नवौं राष्ट्रिय खेलकुद—२०७९ को ट्रफी सार्वजनिक गर्नुभएको छ ।
डेंगु फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने कीटनाशक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याएको हो ।
सञ्चय कोष सरकारद्वारा व्यवस्थित गरिएको अनिवार्य सेवानिवृत्त बचत व्यवस्था हो । कर्मचारीको सेवानिवृत्त जीवनमा आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले कर्मचारी र रोजगारदाता दुबैले यस कोषमा समान रुपमा योगदान गर्दछन् । यसलाई एक प्रकारको सम्झौतित अनिवार्य बचत व्यवस्थाको रुपमा बुझ्न सकिन्छ ।