कोरोना महामारीले गर्दा लामो समयसम्म कपिलवस्तुका नेवार समुदायले आफ्ना परम्परागत संस्कृतिमा रमाउन पाएका थिएनन् । गत तीन वर्ष यता ठूला सांस्कृतिक समारोह गर्न नपाएका नेवार समुदाय यस पटक भैरव जात्रामा रमाएका छन् ।
नेपाल टुरिजम एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न तीन दिने ५४ होलको प्रतियोगितामा सुवासले कूल १० अन्डर २०८ खेल्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा जारी छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
काठमाडौं, असोज १३ गते । चिरञ्जीवी, सलमान खान र नयनतारा अभिनीत दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सलमान खानलाई चिरञ्जीवीको दाइको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि देखाइएको छ । 'गडफादर' अक्टोबर ५ अर्थात् दशैं टीकाको दिन रिलिज हुने भएको छ ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा अवसर नपाउँदा तुरुन्तै अन्त हाम फाल्ने प्रवृत्ति रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेश गर्नुभएको हो।
अटो एक्स्पो दशैँ कार मेलामा पुरानो (सेकेण्ड ह्याण्ड) गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँ लक्षित अटो एक्स्पो सुरु गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो ।
दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार एकै दिनमा दुई जना सङ्क्रमितको मृत्यु भएसँगै डेंगु सङ्क्रमण्बाट ३८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६८७ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको संयोजनमा चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम भएको छ।
दशैं सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेको छ् । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता, पाल्तडा, राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको ट्राफिकसहितको टोलीले एक सय १० सवारी चेकजाँच गर्दा ४३ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।