• १८ साउन २०८२, आइतबार

शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे अध्यक्ष तिमिल्सिनाद्वारा जानकारी

blog

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

काठमाडौं, असोज १३ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। 

जोशी उपचाररत किष्ट अस्पताल पुगेर उहाँले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ। 

जोशी पिसाब र डेङ्गु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत  हुनुहुन्छ। शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ।