शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा जारी छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तयारी समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार सम्बन्धमा एमाले बैठकमा छलफल हुनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही समय ढिला गरी बालकोटमा सुरु भएको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापासहितका सचिवालय सदस्य सहभागी हुनुहुन्छ।