म्यानमार, असो १४ गते । म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
यस भूकम्पको केन्द्रबिन्दु करिब एक सय ४० किलाेमिटर गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । रासस/एएनआई