• १३ साउन २०८१, आइतबार

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

blog

अविनाश चौधरी

धनगढी, असोज १५ गते। जिल्ला प्रशासन कार्यालयले कैलालीमा रहेका इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। 

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर प्रशासनले निर्वाचन पश्चात फिर्ता हुने गरी हातहतियार बुझाउन आग्रह गरेको हो। 

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवम् भयरहित बनाउन एवम् विश्वसनीय सुरक्षा व्यवस्था कायम गर्नका लागि जिल्लामा रहेका इजाजत हातहतियार बुझाउन आग्रह गरिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। 

प्रशासनले सूचना प्रकाशन गरेर कात्तिक ५ गतेभित्र पायक पर्ने नजिकैको प्रहरी कार्यालयमा हातहतियार बुझाउन आग्रह गरेको छ। जिल्लाभर ४७९ वटा इजाजत प्राप्त हातहतियार रहेको जोशीले बताउनुभयो।