• १३ साउन २०८१, आइतबार

दशैंमा रङ्गिन काठमाडौं बजार (फोटो फिचर)

blog

दशैंको अवसरमा सजाइएको राजधानीको एउटा किनमेल केन्द्र । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, असोज १५ गते । देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो ।


सहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएका छन् । बजारमा डमी पिङ, लाइटले सझिइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ ।


आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरू आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यवसाय प्रतिष्ठानलाई सझाएका हुन् ।


दशैं लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ ।  काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।


उपत्यकाबाट दशैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैं मनाउन आउनेहरू पनि छन् । यसले गर्दा नियमित रूपमा सञ्चालन भइरहेका सपिङ सेन्टर, होलसेल कपडा पसल तथा विभिन्न रूपमा दशैं पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ ।

 तस्बिर : न्यूज एजेन्सी नेपालको सहयोगमा